Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

यस्तो पत्र पठाएपछि विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन

कञ्चनपुर। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो ।

पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो । तीन महीना भइसक्दासमेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्दबल्लभ पन्तले बताए ।

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमणभत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए ।

विवादमा आएपछि सरकारले गत पुसमा दुबैलाई पदमा रहेर काम नगर्न भन्दै पत्र पठाएको हो । गत माघ २० गते आएको छानबिन टोलीले उपकुलपति र रजिष्ट्रारका काम कारवाहीका बारेमा छानबिन गरेर माघ २६ गते उक्त छानबिनको प्रतिवेदन सरकारलार्ई बुझाएको थियो ।

छानबिनको प्रतिवेदन अध्ययनपछि उपकुलपति र रजिष्ट्रारको कामकारवाहीको निर्णय गर्ने भनिए पनि हालसम्म सरकारले उपकुलपति र रजिष्ट्रारको टुङ्गो लगाउन सकेको छैन । सरकारले निर्णय नगर्दा उपकुलपति र रजिष्ट्रारबाट सम्पादन हुने कामलगायत विश्वविद्यालयको सम्पूर्ण आर्थिक गतिविधि प्रभावित भइरहेको पन्तले बताए ।

यसैगरी, गत माघ २३ गते परीक्षा नियन्त्रक भाष्करदत्त जोशीको तीनवर्षे कार्यकाल पूरा भएपछि हाल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि नेतृत्वविहीन अवस्थामा छ । सरकारले उपकुलपति र रजिष्ट्रारलाई नै पदमा नराखेपछि उनीहरुकै सहमतिमा नियुक्त हुने परीक्षा नियन्त्रक पनि हालसम्म नियुक्त हुननसकेको पन्तले बताए । परीक्षा नियन्त्रण कार्यालय सहपरीक्षा नियन्त्रकको भरमा सञ्चालनमा छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy