Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

डाेटीका ४७ लघुउद्यमी व्यवसायीलाई आवश्यक सामग्री वितरण

डोटी। घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरले जिल्लामा सञ्चालनमा रहेका ४७ लघुउद्यमी व्यवसायीलाई लघुउद्यममा प्रयोग गरिने सामग्री वितरण गरेको छ ।

आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जिल्लाभरिमा व्यापार व्यवसाय गरिरहेका तर उपकरण नहुँदा समस्यामा परेका व्यवसायीलाई छनोट गरी उक्त सामग्री वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यालय प्रमुख नवराज गौतमले बताए । उनले भने, \'जिल्लामा व्यापार÷व्यवसाय गरिरहेका तथा सामान नहुँदा समस्यामा परेका व्यवसायीले दिएको निवेदनका आधारमा छनोट गरी सामग्री वितरण गरेका छौँ, आशा छ उनीहरुले अब राम्रै व्यवसाय गर्नु हुनेछ ।\'

व्यवसायीले माग गरेका आधारमा दिइएका उक्त सामग्रीमा ८० प्रतिशत घरेलु तथा साना उद्योग विकास समितिको अनुदान तथा २० प्रतिशत माग गर्ने व्यवसायीको रकम रहेको बताइएको छ । उक्त सामग्रीले यहाँका लघुउद्यमीलाई आफ्नो व्यापार÷व्यवसाय गर्नमा निकै राहत हुने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बाहिरी जिल्लाबाट खाद्यान्नलगायतका सामग्री निर्यात गरेर प्रयोग गर्नुभन्दा पनि जिल्लामै उत्पादन गर्नमा लघुउद्यमीलाई प्रोत्सान गर्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले उद्यमीले आफूले उत्पादन गरेका चिज बिक्रीवितरण हुँदैनन् कि भन्ने चिन्ता लिनुुभन्दा कसरी बढी उत्पादन गर्न सकिन्छ त्यो विषयलाई ध्यान दिएर बढीभन्दा बढी उत्पादन गर्नमा लाग्नुपर्ने बताए ।

उद्योग विकास समितिले जिल्लामा उद्यमीको सीप विकासलगायत अन्य व्यापार÷व्यवसायमा सहयोग पुर्याउने हेतुले वर्षेनी लघुउद्यमसम्बन्धी तालीम तथा उपकरण वितरण गर्दै आएको छ । वितरण गरिएका सामग्रीमा सिलाइ मेसिन, सुइटर बुन्ने मेसिन, मासु राख्ने डिफ्रिज, मासु कटिङ गर्ने औजार, चाउमिन, पाउरोटी बनाउने मेसिन, व्यूटीपार्लरका सामग्री, दूध, दही, घिउ निकाल्ने मेसिनलगायतका सामग्री छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending