Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

तपाई मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?

दुल्लु । कैदीबन्दीको बाक्लो उपस्थितिले भरिभराउ सभा कक्ष । कक्षको एक छेउ नेपालका लेखकका कृतिले भरिएका दराजले हलको सौन्दर्य थपेकै थियो । कारागारमा पुस्तकालय स्थापनाको मूल क्षण पर्खेर बसेका कैदीबन्दी साहित्यकारको प्रवेशले थप हौसिए ।

औपचारिक रुपमा पुस्तकालय उद्घाटन र छोटा भाषण सकिएलगत्तै शुरु भयो ‘कैदीबन्दीसँग साहित्यकार’ । त्यसपछि शुरु भयो साहित्यकारसँग कैदीबन्दीको बहस । \'तपाईं घर होइन घाट मन पराउनुहुन्छ किन ? मीरा भट्टराईलाई अहिले पनि प्रेम गर्नुहुन्छ ? व्यक्तिको जीवनलाई ‘डेथ इज टोटल कम्प्लीट वेष्ट टाइम’ भनी किन व्याख्या गर्नुभएको हो ?\' दैलेख कारागारका कैदीबन्दीले लेखक कुमार नगरकोटीलाई सोधे ।

\'जीवन बाँचुञ्जेल केही गर्ने हो, हामी काम गर्दैछौं भने समय पुग्यो भनेर लिन आएको यमराजलाई एकछिन बाहिर पर्ख भन्न सकिन्छ\' नगरकोटीले भने । \'मीरा भट्टराई विवाहित थिइन् तर म प्रेम गर्थे र अहिले पनि गर्छु भनेर ‘मिष्टिका’ मा लेखेंँ, त्यो पढेपछि एक जना अविवाहिताले विवाहको प्रस्ताव राखिन् । विवाह भयो, डेढ महीना टिकेन, सम्बन्धविच्छेद गरेर बसेंँ । मेरो स्वभावै असाधारण छ, त्यही किसिमले सोच्छु अनि लेखनीमा पनि आउँछ\', नगरकोटीले आफ्नो साहित्यिक लेखनबारे व्याख्या गरे ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको आह्वानमा कारागारलाई किताब कार्यक्रमको उद्घाटनपछि उनका शब्द शब्द कैदीबन्दीले एकोहोरो सुनिरहे । कर्णाली प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहको अवधारणाअनुसार तीन महीना लामो प्रयासपछि कर्णाली प्रदेशका १० जिल्लामा कारागारलाई किताब हस्तान्तरण गरिएको छ । शाह मदन पुरस्कार विजेता लेखक हुन् ।
पुस्तकालयमा कैदीबन्दीले आफ्नो कैद भुक्तान मात्रै होइन, जीवन उपयोगी ज्ञानसमेत प्राप्त गर्नेछन् । कारागारलाई सुधारगृह बनाउने उद्देश्यसहित पुस्तकालय स्थापना गरिएको हो । कैदीबन्दीको सुधार र सामाजिक पुनःस्थापनाका लागि कारागारमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो । दैलेख कारागारमा भने तीन वर्ष पहिलेदेखि कारागारको आन्तरिक स्रोत र शुभेच्छुकको सहयोगले दैलेख सुधारगृह पुस्तकालय नाम दिई झण्डै सय जति किताब व्यवस्था गरी पुस्तकालय सञ्चालन भएकाले अरु जिल्ला भन्दा कार्यक्रम विशेष बन्यो ।

पहिलेदेखि नै पुस्तकालय भएको र कैदीबन्दीमा पनि पढ्ने बानी बसिसकेका कारण शनिबार १० वटै जिल्लामा तय गरिएको ‘कारागारलाई किताब’ कार्यक्रमको उद्घाटन कार्यक्रम र कैदीबन्दीसँग अन्तक्र्रिया भिन्न र विशिष्ट रह्यो । उद्घाटनपछि किताबबारे कैदीबन्दीसँगको अन्तक्र्रिया कार्यक्रममा अर्का लेखक शेखर खरेलले एक वर्षअघि ‘सदृष्य अनलाइन डट कम’ मा लेखिएको ‘कार्ल माक्र्स, कम्युनिष्ट र कालभैरव’ लेखबारे कैदी नाइके मानबहादुर नेपालीले पढेको प्रसङ्ग सुनाएपछि इण्टरनेट सेवा उपलब्ध नहुने कारागारका कैदीबन्दीले पढेको अचम्मित भएको बताए ।

उनले लेखेको मैले नदेखेको हिप्पीबारे पनि कैदीबन्दीले प्रश्न गरिदिएपछि कारागारलाई किताब अभियान नहुँदै पनि दैलेख कारागारका कैदीबन्दीले किताब पढ्ने, किताबबाट ज्ञान लिने र ज्ञान बाँड्ने गरेको पुष्टी गरेको टिप्पणी गरे ।

अन्तक्र्रियामा ‘मोक्षान्त काठमाण्डु फिवर’, ‘फोसिल’, ‘अक्षरगञ्ज’, ‘मिष्टिका’, ‘घाटमाण्डू’ र ‘दोचा’ कृतिका भित्री कथावस्तुबाट कैदीबन्दीका प्रश्न, उत्सुकता र टिप्पणी सुनेपछि दैलेख कारागारमा किताब पढ्ने मात्र होइन लेख्न सक्ने क्षमताको पनि विकास भएको आफूलाई लागेको नगरकोटीले सुनाए ।

अन्तक्र्रियाअघि पुस्तकालयको औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँसकोटाले पुस्तक पढ्ने बानीले सकारात्मक सोच र कल्पनाशील क्षमताको विकास हुने बताएका थिए । कारावास अवधिमा कैदीबन्दीलाई सिर्जनात्मक काममा लाग्न सिकाउने तथा समाजमा पुनःस्थापना हुन सघाउने उद्देश्यले ‘कारागारलाई पुस्तक’ कार्यक्रम ल्याइएको उनले प्रष्ट्याए । ‘कारागारलाई किताब’ उपसमितिका संयोजक जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज ठाकुरप्रसाद पोखरेल, जेलर जीतबहादुर खत्री, प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य र कारागार बुक क्लबका अध्यक्ष मानबहादुर नेपालीले पनि पुस्तकको महत्वबारे प्रकाश पारेका थिए । कारागारलाई पुस्तक अभियानका लागि विभिन्न स्थानीय तह, नागरिक समाज र शुभेच्छुकसमेतको सहयोगमा किनिएका ६१४ नयाँ किताब र पुरानासमेत दैलेख कारागारमा अब ८७६ किताब व्यवस्था भएको जनाइएको छ ।

दैलेख कारागारमा १०९ पुरुष र १६ महिला तथा आश्रित तीन बालबालिका छन् । कैदीबन्दीको प्रयासमा कारागार हाताभित्रै भलिबल र सरस्वती मन्दिर निर्माण गरिएको छ । सकारात्मक भावना विकास गर्न कारागारभित्रै योगाभ्यास गराइने जेलर खत्रीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy