विराटनगर। ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१) (ख) बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पेश गरेका थिए ।
‘प्रदेश पर्यटन विकास विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएको छ भने सो सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले विधेयकमा उठेका प्रश्न र छलफलले विधेयकलाई पूर्णता दिन मद्दत पुगेको विचार व्यक्त गरे ।
शून्य समय
प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले संसद कोषमा विनियोजित रकम खर्च गर्न प्रदेश सरकारले अविलम्ब खर्च गर्न अख्तियारी दिनुपर्ने माग गरे । उनले समयमा बजेट खर्च गर्न अख्तियारी नमिले भ्रष्टाचार मौलाउने, कामको गुणस्तर नहुने भन्दै भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै सदस्यको सक्रियताको खाँचो औँल्याए ।
सदस्य रामचन्द्र लिम्बूले धनकुटामा रहेको आयुर्वेद अस्पताललाई समयानुकूल सुधार गर्न र सो अस्पताललाई अन्यत्र नसार्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले रक्सी खाने लतमा रहेका मानिसले छुट्कार पाउन अस्पताल जाँदा चिकित्सकले नेपाल सरकारले प्रतिबन्ध लगाएको लारोजेपाम औषधि खुल्ला गर्न र सोका लागि उपचार गर्ने अस्पताल तथा चिकित्सकको इजाजतपत्र धरौटीमा राख्न सुझाव दिए । प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: