Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

हावाहुरी र असिनापीडितलाई राहत दिन माग

सुर्खेत। कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सदस्यले हावाहुरी र असिनापानीले करोडौं क्षति पुर्याएको भन्दै राहत तथा क्षतिपूर्ति दिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले २४ घण्टाभित्र अनुगमन समिति गठन गरी क्षतिपूर्तिको घोषणा गर्न माग गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य मीनासिं रखालले यही चैत २२ र २३ गते आएको हुरीबतास र असिनापानीले दैलेखको क्षेत्र नं २ मा करोडौं मूल्य बराबरको अन्नबाली, फलफूल नष्ट गरेको जानकारी गराए । उनले क्षतिको मूल्याङ्कनका लागि तत्काल अनुगमन समिति गठन गरी क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे ।

नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले असिनापानीले सिङ्गो जिल्ला प्रभावित हुँदासमेत प्रदेश सरकार मौन बसेको भन्दै आक्रोश पोखे । दैलेखकै अर्का प्रदेशसभा सदस्य सुशीलकुमार थापाले पाँचवटै स्थानीय तहमा असिनापानी र हावाहुरीले ठूलो क्षति पुर्याएकाले तत्काल राहत प्याकेज घोषणा गर्न जोड दिए ।
जुम्लाका प्रदेशसभा सदस्य पदम रोकायाले कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमा क्षेत्र दहीखोलामा खसेको पहिरो हटाउन माग गरे । पहिरो खसेको तीन दिन बितिसक्दासमेत यातायात सुचारु नहुँदा यात्रुले सास्ती भोग्नुपरेको उनको भनाइ थियो । साथै, उनले प्रदेश सरकारले मातहतका निकायलाई बजेट खर्चको अख्तियारी नदिँदा विकास योजना अझैं सञ्चालन हुन नसकेको बताए ।

दुई विधेयक विषयगत समितिमा

प्रदेशसभा बैठकले थप छलफलका लागि दुई विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ । ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक’लाई सामाजिक विकास समिति तथा ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय सर्वसम्मत पारित गरेको हो ।

दुइटै विधेयकलाई थप छलफल आवश्यक रहेको भन्दै सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समितिमा पठाउन प्रस्ताव बैठकमा पेश गर्नुभएको थिए । त्यस्तै, बैठकमा ‘प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल शुरु भएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy