चितवन । विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका छन् ।
जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहासँगै पटिहानी, जगतपुर र मेघौलीका होटल आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् ।
सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताए। गतवर्ष भन्दा यसवर्ष स्वदेशी पर्यटक बढेको उनको भनाइ थियो । स्कुले विद्यार्थीको परीक्षा सम्पन्न भएसँगै घुमाउने प्रचलन बढेकै कारण यो मौसममा गतवर्ष भन्दा १० प्रतिशत नेपाली पर्यटक बढेको उनले बताए ।
विगतमा पनि चैत मसान्तका दिन शतप्रतिशत होटल भरिने उनले बताए । कुनै समय नेपालीलाई पर्यटक नमान्ने यहाँका व्यवसायीको अहिलेको रोजाइँ नेपाली हुने गरेको छ ।
व्यवसायीका अनुसार कोठाको रकममा मूल्य घटाउन जोड गर्ने नेपालीले खानपानमा भने विदेशीको भन्दा धेरै खर्च गर्ने भएपछि होटल व्यवसायीको रोजाइँमा नेपाली पर्न थालेका हुन् । घिमिरेका अनुसार नयाँवर्ष नजिकिएका कारण पनि होटल ‘बुकिङ्’ निकै बढ्दै गएको छ । हिमाल चढ्न नेपाल आएका विदेशी पर्यटक पनि यहाँ आउने क्रम जारी छ । कूल विदेशी पर्यटकको ५० प्रतिशत चिनियाँ रहेका छन् भने अन्यमा भारतीय, युरोपियन र अमेरिकन रहेको घिमिरेले बताए ।
पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीका अनुसार कतिपय नेपालीको आम्दानी बढेसँगै पारिवारिक घुमफिर गर्ने प्रचलन वर्षेनी बढ्दै गएको छ । जसको प्रभाव प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ ।
हरेक हप्ताको अन्तिम दिन परिवारसँगै बाहिर खाने, सबैको फुर्सद भएका बेला घुम्न जाने नेपाली प्रचलन बढेसँगै स्कुले बच्चाको बिदाको समय पारेर घुम्न आउने नेपाली बढेको उनले बताए ।
वर्षेनी यो सङ्ख्या बढ्दै गएको भन्दै उनले विदेश जानु भन्दा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकलाई आकर्षीत पार्नुपर्ने उनले बताए। घुमफिरमा कला–संस्कृति, रिति–रिवाज, भौगोलिक अवस्था लगायतको अध्ययन भन्दा खानपिनमा नेपाली बढी रमाउने गरेको सुवेदीले बताए । चितवन आउने पर्यटक जङ्गल सफारीमा बढी केन्द्रित हुने गरेका छन् ।
क्षत्रीय होटल सङ्घ कसरा सेक्टरका अध्यक्ष गणेश पौडेलले विदेशी पर्यटक घट्दै जाँदा आन्तरिक पर्यटक बढ्दै गएको बताए । सो क्षेत्रमा ३० प्रतिशत हाराहारी आन्तरिक पर्यटक रहेको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आन्तरिक पर्यटक बढ्नेक्रम जारी रहेको बताए । तीन दिनअघि पानी पर्दा समेत सौराहाबाट चल्ने ३२ वटा जीप आन्तरिक र बाह्य पर्यटकले भरिएको भन्दै उनले धेरै नेपाली देखिने गरेको बताए । विगत केही वर्षयता नेपाली घुमफिर गर्ने प्रचलन बढेर गएको ढकालले बताए ।
चितवन र नवलपुर क्षेत्रमा पर्यटकीय होटलको सङ्ख्या १५० वटा रहेका छन् । सौराहा, भरतपुर, पटिहानी, जगतपुर, मेघौलीसँगै नवलपुरको नारायणी छेउमा पर्यटकीय होटल रहेका छन् । पर्यटकीय स्तरका ती होटलमा रु १५ अर्ब भन्दा बढी लगानी भइसकेको छ । नेपाली पर्यटक बढ्दै गएपछि नयाँ ठूला होटलमा लगानी गर्ने क्रम पनि बढ्दो छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: