Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पाेखरामा प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन

पोखरा । पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ ।

विभिन्न सामुदायिक विद्यालयमा नवीनतम् प्रविधिको अभावका साथै गुणस्तरीयता कायम हुन नसकेको लगायतका कारणबाट विद्यार्थी घटिरहेका वेलामा विद्यार्थी तथा अभिभावकको मन जितेको यस विद्यालयले प्रविधिलाई आत्मसात गर्दै नमूना कक्षा सञ्चालनको तयारी गरेको हो ।

विद्यालयमा नयाँ शैक्षिक वर्षका लागि सञ्चार मन्त्रालयमार्फत आइसिटी ल्याव कार्यक्रम स्वीकृत भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले जानकारी दिए । आइसिटी ल्यावसँगै विद्यालयको प्रविधिमा आधारित शिक्षा दिने योजनालाई महत्वपूर्ण सहयोग पुग्ने भएको उनले बताए ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकालका अनुसार आइसिटी ल्याव कार्यक्रमसँगै नयाँ शैक्षिक वर्ष २०७६ मा केही कक्षालाई प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराउने गरी नमूना कक्षा सञ्चालन गरिनेछ ।

\'हामीले शुरुमा कक्षा ७ देखि १० सम्मलाई नमूना कक्षाका रुपमा विकास गर्ने योजना राखेका छौँ\', उनले भने, \'ती कक्षामा चक डस्टरको प्रयोगबाट नभई प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराइने छ ।\' विद्यालयमा यसअघि नै सुविधासम्पन्न कम्प्युटर ल्याव सञ्चालनमा आइसकेको छ ।

विद्यालयलाई हालै एजुपे नेपाल र रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा २० थान कम्प्युटर उपलब्ध गराउने सम्झौता भएको अध्यक्षले जानकारी दिए ।

प्रविधिमैत्री पूर्वाधार विकास गरी त्यही किसिमको गुणस्तरीय शिक्षा दिने योजनाअनुरुप विद्यालय बढेको बताउँदै उनले विद्यार्थी तथा अभिभावकले विद्यालयप्रति गरेको विश्वासलाई अझै बलियो बनाउने उल्लेख गरे ।

विद्यालयमा विद्यार्थीको भर्ना हुने क्रम चलिरहेको जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्लेले यस वर्ष विद्यालयमा दुई सय विद्यार्थी थप्ने लक्ष्य राखिएको जानकारी दिए । समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचसँगै विसं २०७१ देखि अङ्ग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता वर्षेनी विद्यार्थी सङ्ख्या बढ्दै गएको छ ।

विसं २०७१ मा ३५० विद्यार्थी रहेको विद्यालयमा २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० विद्यार्थी रहेकामा शैक्षिक वर्ष २०७४ मा एक हजार ९६ पुगेको थियो । प्रधानाध्यापक काफ्लेका अनुसार विद्यार्थीको सहजताका लागि अघिल्ला वर्षमा एउटा विद्यालय बस सञ्चालन गरिँदै आएकामा यस वर्षदेखि अर्को एक गाडी थपिएको छ ।

विद्यालयले विसं २०७१ यता वर्षे र हिउँदे बिदाका रुपमा दिँदै आएको बिदाका समयमा पनि नियमित पठनपाठन गराउँदै आएको छ भने विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन एक शैक्षिक वर्षमा चार चरणमा परीक्षा लिने गरेको छ ।

प्रविधिलाई पनि पछ्याउँदै आएको विद्यालयले अघिल्लो वर्षदेखि सरस्वती टीका मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी हेर्न सकिने उक्त एप्समार्फत अभिभावकले विद्यार्थी विद्यालय पुगे÷नपुगेको, गृहकार्य गरे÷नगरेको आदि सम्बन्धमा जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयले प्रविधिमा आधारित शिक्षालाई जोड दिँदै नमूना कक्षासमेत सञ्चालनको योजना अघि सार्नुलाई महत्वका साथ हेरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy