Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

जब साँझ पर्छ, अनि थिमि नाच्छ

भक्तपुर। हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु : अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् ।

मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको देखिन्छ ।

त्यसपछि त्यही धिमेको तालमा पूरै थिमि नाच्न थाल्छ । दुईदिनदेखि दैनिक यसैगरी थिमि नाचिरहेको छ । स्थानीय बासिन्दा एवं साहित्यकार नवीनप्रकाश श्रेष्ठको परिकल्पना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा पहिलो पटक शुरु भएको ‘खुला धिमे नृत्य प्रशिक्षण’ सिक्नेका लागि मात्रै नभई हेर्नेका लागि पनि निकै आनन्द छ । धिमेका सयौँ तालमध्ये आइतबारदेखि यही चैत २९ गतेसम्म १५ तालबारे प्रशिक्षण चलिरहेको छ ।

बिस्का अर्थात् बिस्केट जात्रा जति नजिकिँदै छ, चहलपहल पनि त्यत्तिकै बढ्दैछ । बिस्केट जात्रामा अनिवार्य रुपमा टोल टोलमा धिमे बाजा बज्छ । “धिमेको तालमा नाच्न भने कमैलाई आउँछ । धिमे बाजा बजाउनेहरु थपिए पनि धिमेको सयौँ तालमा नाच्नेहरु भने घट्दैछन् । त्यसैले धिमेको तालमा नाच्न सिकाउनकै लागि पहिलो पटक भिडियोमार्फत धिमे प्याखँ खुला रुपमा प्रशिक्षण दिन शुरु गरेका हौँ, परिकल्पनाकार श्रेष्ठ भन्छन् । हरेक वर्ष थिमिमा पनि बिस्केट जात्रा चल्छ तर भक्तपुरमा जस्तो लिङ्गो उठाउने र रथ तान्ने नभई जिब्रो छेड्ने, सिन्दूर जात्रा र ३२ खटयात्रा चल्छ । थिमिको मूल विशेषता नै यिनै तीन जात्रा हुन्, यसैमा रातदिन गरी अन्य जात्रा पर्छन् । बिस्केट जात्रा बुधबारदेखि शुरु भई आगामी वैशाख ५ गतेसम्म चल्नेछ ।

बिस्केटमा मात्र नभई हरेक जात्रा, पर्व, शुभकार्यदेखि सभासम्मेलन र अतिथिको स्वागतमा समेत बजाइने धिमे बाजाको तालमा नाच्न नजान्दा जात्रा पर्वमा जथाभावी नाच्ने, चिच्याउने तथा हुलहुज्जत गर्ने क्रम बढेकाले नाचलाई व्यव्स्थित गर्दै यसलाई जोगाउन खुला प्रशिक्षण आयोजना गरिएको उनले बताए ।

श्रेष्ठ भन्छन्, \'धिमेका सयौँ ताल छन्, त्यसमध्ये अहिलेलाई १५ वटा तालमा नाच प्रशिक्षण दिएका छौँ, बिस्केट जात्रा अगाडि चैत २९ गतेसम्म दुई हजार जनालाई सिकाउने उद्देश्यले खुला प्रशिक्षण दिएका हौँ, यसले पछिल्लो पुस्तालाई नाच हस्तान्तरणसमेत गर्छ र परम्परा जोगाउँछ ।\'

हरेक दिन साँझ ६ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुने धिमे प्याखँ(नाच)मा नागरिकलाई नाचमा साथ दिन नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठलगायत पूर्व र वर्तमान जनप्रतिनिधि आइपुग्छन् । नागरिकसँंगै जनप्रतिनिधिले पनि धिमे प्याँख सिक्ने गरेका छन् ।

नगरप्रमुख श्रेष्ठ ठूलो सङ्ख्यामा एकै पटक धिमेको तालमा नाच सिक्न सकिने भएकाले यो आकर्षक भएको बताउनुहुन्छ । उनी भन्छन्, “यसले हाम्रो संस्कृतिको संरक्षण मात्रै नभई नयाँ पुस्तालाई यो नाच हस्तान्तरण पनि गर्नेछ ।” नाच प्रशिक्षणमा युवकयुवतीदेखि पाको उमेरका नगरवासीको समेत दैनिक रुपमा उल्लेख्य सहभागिता रहने गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE