काठमाडौँ। अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उनले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताए ।
उनले भने, \'गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, सो आएपछि उनीहरुको स्वास्थ्य बीमावापतको प्रिमियम रकम सरकारले व्यहोर्छ । हाल ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको रु एक लाखवापतको प्रिमियम रकम सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत व्यहोर्ने गर्छ । विसं २०७२ चैत २५ गतेदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ४२ जिल्लामा कार्यान्वयनमा आएको छ । हालसम्म ती जिल्लाका १५ लाख ७१ हजार ४८८ नागरिक बीमामा आवद्ध छन् ।
बोर्डले एक वर्षभित्र सबै जिल्लामा बीमाको कार्यक्रम लागू गर्ने तयारी गर्दैछ । मन्त्री खतिवडाले स्वास्थ्य बीमाको पहुँचका साथमा स्वास्थ्य प्रदायक संस्थाको जनशक्ति, उपकरण र सेवा थप गुणस्तरीय बनाउन आवश्यक रहेको बताए । यसका लागि स्थानीय, प्रदेश र सङ्घको ध्यान जानुपर्ने उनको भनाइ थियो । “नेपाल आँखा अस्पतालले पुर्याएको योगदान महत्वपूर्ण छ, आगामी दिनमा यसलाई आँखा उपचार तथा जनशक्ति तयारी क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउन सरकारले सहयोग गर्नेछ”, मन्त्री खडिवडाले भने ।
बालबालिकाको समग्र स्वास्थ्य सुधारका लागि बालपोषण, सुनौला हजार दिन, बाल संरक्षण अनुदान, खाद्यन्नमा आधारित पोषणजस्ता कार्यक्रम कार्यान्वयनमा आएको र आगामी दिनमा विद्यालय स्वास्थ्य शिक्षामा थप लगानी गरिने उनले जानकारी दिए । व्यावसायिक संस्थालाई सामाजिक र वातावरणीय उत्तरदायित्व पूरा गर्न उनले आग्रह गरे ।
अस्पतालका स्वास्थ्य निर्देशक डा कलमबहादुर खड्काले अस्पतालले आफ्नो सेवाको दायरालाई फराकिलो बनाउँदै आँखा स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादनमा ध्यान दिई पठनपाठनमा पनि महत्व दिएको बताए । अस्पताल सञ्चालक समितिका अध्यक्ष विश्वकान्त मैनालीले आँखा उपचार सेवा, जनशक्ति उत्पादनका क्षेत्रमा अस्पताललाई नमूना अस्पताल बनाउने लक्ष्य रहेको जानकारी दिए । विसं २०३० चैत २६ गते सो अस्पताल स्थापना भएको हो । अस्पतालले पछिल्लो समय आँखा एमडी तहको जनशक्ति उत्पादन गरिरहेको छ । सामुदायिक अस्पतालमध्ये सो अस्पताल उत्कृष्ट छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: