Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

दुर्गम बस्तीमा खानेपानीको समस्या

जरकोट। दलित र जनजाती समुदायको बाहुल्यता रहेको बारेकोट गाउँपालिका–२ रोकायगाउँमा वर्षेनी खानेपानीको समस्या भए पनि समाधान हुनसकेको छैन् । करीब ३५० घरपरिवार रहेको सो गाउँमा खानेपानीका लागि पटक÷पटक आवाज उठाए पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ ।

स्रोत तथा मुहान अभावमा उक्त वडाको रोकायगाउँ, विउरी, मुग्रेगाउँ, गैरागाउँ, अएर्न, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत टोलका स्थानीयवासी समस्यामा परेका छन् । खानेपानी अभावमा यहाँ रहेको जनता आधारभूत विद्यालयका दुई सय विद्यार्थी समेत प्रभावित भएका छन् । गाउँका महिला र बालबालिकाले पानी ओसारपसारमै समय खर्चिने गरेका छन् । कतिपय स्थानीयवासी आकाशे पानी सङ्कलन गरेर गुजारा चलाउन बाध्य रहेका स्थानीयवासी मने कामीले बताए  ।

पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भएको उनको भनाइ छ । गाउँ आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिङ्गो गाउँ रहेको स्थानीयवासी सावित्रा विकले बताइन्  । उनले भने, “एक गाग्री पानी ल्याउन घण्टौं पालो कुनुपर्ने, त्यसैमा दूषित पानी छ, कपडा धुन र नुहाउन दुई घण्टा टाढाको घाटखोला जानुपर्ने बाध्यता छ  ।” महिनावारी र सुत्केरी महिलालाई सरसफाइमा झन समस्या हुने गरेको बताइएको छ ।

जलवायु परिवर्तन, बढ्दो वन विनाश, बाढी पहिरो, सुक्खा खडेरीलगायत कारण गाउँमा खानेपानीको समस्या बढ्दै गएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उनले भने, \'वृहत खानेपानी आयोजनाको पहलमा छौँ, प्रदेश सरकारले सहयोग गरेमा अर्को वर्ष खानेपानीको समस्या हल हुनेछ ।\' गाउँपालिकाको बजेटबाट सो खानेपानी आयोजना निर्माण गर्न अर्थ अभाव रहेको शाहले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy