बलेवा। बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरण र धौलागिरि सिभिल इलेक्ट्रिकल मेकानिकल इञ्जियनीयरीङ (धौलागिरि सेम) प्रालि बागलुङबीच मङ्गलबार विद्युत् खरीदबिक्री समबन्धी सम्झौता (पिपिए) भएको हो । धौलागिरि सेम प्रालिद्वारा प्रवद्र्धितमध्ये दरमखोला ‘ए’ साना जलविद्युत् आयोजनाबाट तीन मेगावाट र मध्य दरमखोला ‘बि’ साना जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत उत्पादन हुनेछ ।
सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह ले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरि सेम प्रालिले दुवै आयोजनाबाट विसं २०७८ जेठ ३१ सम्ममा विद्युत् उत्पादनगरी नेपाल विद्युत् प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ‘ए’ को व्यापारिक विद्युत् उत्पादन मिति विसं २०७७ चैत ३१ र मध्ये दरमखोला ‘बि’ को विद्युत् उत्पादन विसं २०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बंैकको ऋण सहयोगमा सम्पन्न गरिने धौलागिरि सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिए ।
दुवै आयोजनाको पिपिए ‘टेक अर पे’को नीतिमा गरिएको अध्यक्ष गौतमले बताउनुभयो । दुवै आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले सुक्खायाम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रुपैयाँ ४० पैसादेखि १० रुपैयाँ ४२ पैसामा र वर्षायाम (वैशाखदेखि मङ्सिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरीद गर्नेछ । दुवै आयोजनाबाट वार्षिक चार करोड ४५ लाख १३ हजार २६९ यूनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: