विराटनगर, २८ चैत । शाही कालमा पारसले संगीतकार प्रविण गुरूङलार्इ गाडीले हान्दा सर्वत्र निन्दा भएकाे थियाे । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएकाे छ । उनीसँगै २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते बनेका छन्। गम्भीर घाइते बनेका प्रकाश र हेमलाई विराटनगरको नोबेल मेडिकल कलेज ल्याइयो । अस्पतालले हेमलाई मृत घोषणा गर्यो । प्रकाशकी बहिनी पबित्राले प्रकाशको टाउकोमा रगत जमेकाले तत्काल अप्रेशन गर्न डेढ लाख रुपैयाँ जम्मा गर्न भनियो । अस्पतालले शल्यक्रिया गर्न १ लाख ३० हजार र औषधिका लागि ५० हजार अग्रिम जम्मा गर्न भनेको बताइन् ।
राति साढे ८ बजे दुर्घटना भएको जानकारी पाएर अस्पताल आएका आफन्तले तत्काल पैसा निकाल्न नसक्दा अस्पताल प्रशासनले ‘बाँच्ने सम्भावना कम भएको’ भन्दै शल्यक्रिया गरेन । नोबेलले उपचार नगरेपछि राति करिब ११ बजेतिर आफन्तले विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरे ।
अस्पतालले शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालेको छ । तर, अझै प्रकाश खतरा मुक्त छैनन् । आफन्तले बिहीबार मात्र थाहा पाए ‘प्रकाशलाई ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्र शाहको रहेछ ।’ विराटनगर अस्पतालमा भेटिएका प्रकाशका आफन्तहरु दुर्घटनामा संलग्नलाई कारवाही नहुने हो कि भन्ने चिन्तामा छन् ।
‘प्रहरी कार्यालय पुग्दा मात्र पूर्वराजाको गाडी भन्ने थाहा पाएँ’ ‘प्रकाशका हजुरबुबा सबुरलाल राजबंशीले भने, ‘ गाडी जो कसैको होस्, कानूनअनुसार कारबाही होस् ।’ दुर्घटना भइसकेका कारण घाइतेको उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताउँछन् । प्रकाशकी आमा कालिनदेवी चौधरी पनि कानून अनुसार कारबाही हुनुपर्ने बताउँछिन् ।
कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । छिमेकी रहेका उनीहरु बुधबार सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै थिए । साँझ करिब साढे ७ बजेको समयमा सुन्दरहरैचा नगरपालिका ४ बुधवारे चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दियो, जुन कार पूर्वराजालाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: