काठमाडौं । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नको लागि सबैभन्दा पहिला ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताएका छन्। जर्मनीमा शुरु भएको जर्मन इनर्जि एण्ड ट्रान्जिसन एक्जिभिसनको उद्घाटन कार्यक्रममा सहभागिता जनाउन पुगेका मन्त्री पुनले उक्त प्रदर्शनीको सम्बोधन गर्दै यस्तो भनेका हुन्।
उनले ऊर्जा आपूर्ति र वर्तमान समयको सन्दर्भमा विश्वका अन्य देशलाई ऊर्जामा कसरी आत्मनिर्भर बन्ने भन्ने कुराको ज्ञान उक्त प्रदर्शनीले दिने बताउँदै ऊर्जाको क्षेत्रमा जर्मनीले अगाडि सारेका भिजन आफूलाई मन परेको बताए। स्थापनाकालदेखि नै जर्मन र नेपालको सम्बन्ध डिप्लोमेटिक रहेको बताउँदै उनले नेपालको विकासका लागि जर्मन सरकारले दिएको योगदान अतुलनीय रहेको बताए।
कार्यक्रममा बोल्दै उनले सन् १९५८ मा मित्रराष्ट्र भएदेखि जर्मनले नेपालको ऊर्जा, शिक्षा, स्वास्थ्य तथा अन्य विभिन्न क्षेत्रमा दिएको योगदान आफ्नो स्मरणमा ताजा रहेको भन्दै यस्ता प्रकारका प्रदर्शनी तथा कार्यक्रम दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउने प्लाटफर्म हुने बताए।
उनले अबको पाँच वर्षभित्र विद्युतको पहुँच शतप्रतिशत जनतामा पुर्याउने बताउँदै अबको दश वर्षमा दश हजार मेघावाट विद्युत क्षमता विस्तार गर्ने बताए। उनले मध्यमस्र्याङदी र तल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको निर्माणको लागि मेरुदण्डको रुपमा जर्मन सरकार रहेको पनि बताए।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: