Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

अब चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

काठमाडौँ। गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो ।

उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण कार्यक्रम आयोजना गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले लामो दूरीका सवारी साधनका चालकलाई तन्दुरुस्त राख्न तथा दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा अजयसिंह थापाले स्वास्थ्य नै ठूलो धन भएकाले हरेक चालक तथा सहचालकलाई तन्दुरुस्त राख्नका लागि ग्राण्डी अस्पतालले नेपाल प्रहरीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिए ।

मुलुकभर हुने दुर्घटना न्यूनीकरणका लागि ग्राण्डी अस्पतालले आगामी दिनमा पनि सहकार्य गर्ने डा थापाको भनाइ छ । स्वास्थ्य शिविरमा ३०० भन्दा बढी चालक तथा सहचालकले आँखा तथा शरीरको स्वास्थ्य जाँच गराएका छन् ।

यसैबीच, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजनामा सोमबार नयाँ बसपार्कमा चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको छ । चालकको लापरबाहीबाट धेरै दुर्घटना हुन थालेपछि सोमबार २०० भन्दा बढी चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक पङ्कज मल्लले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy