Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी

काठमाडौँ। नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै गएको छ ।

उक्त कलेजमा आजदेखि शुरु भएको २६ औँ समूहको कमाण्ड एण्ड स्टाफ कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा विश्वमा विभिन्न १० मुलुकका १० सैनिक अधिकृत सहभागी रहेको कलेजका कमाण्डडेन्ट एवं उपरथी ईश्वर हमालले जानकारी दिए ।

तालीममा बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र अमेरिकाका सैनिक अधिकृत उक्त तालीममा सहभागी छन् ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट हालसम्म १२ मुलुकका ७३ जना विदेशी सैनिक अधिकृतले कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् । विश्वकै सैनिक सङ्गठनमा उक्त तालीम मध्यम तहका अधिकृतको नेतृत्व र क्षमता विकासमा महत्वपूर्ण मानिन्छ ।

नेपाली सेनाका निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले उक्त तालीमको उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्न योगदान पुग्ने पाठ्यक्रमको विकास गर्दै लैजान कलेजलाई सुझाव दिए ।

उनले भने, “कलेजले आफ्नो स्थापनाको लक्ष्य पूरा गर्न सफल भएको छ, सैनिक रणनीति कौशल र अभ्यासलाई युग सुहाउँदो तुल्याउन पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजानुपर्छ ।

त्रिभुवन विश्वविद्यालयले स्नात्तकोत्तर तहको मान्यता दिएको उक्त तालीम ४५ हप्ताको हुनेछ । यस पटकको तालीममा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जनासहित ६३ को सहभागिता छ । नेपाली सेनाका ८७१, अन्य निकायका ४६ जनाले हालसम्म उक्त कलेजबाट कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् । अघिल्लो पटकको तालीममा एक जना महिला अधिकृत उक्त तालीमका लागि छनोट भएकामा यस पटक भने कुनै पनि महिला अधिकृत प्रारम्भिक परीक्षामा सफल नभएको नेपाली सेनाले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy