Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

सवारी दुर्घटनामा सातको मृत्यु

काठमाडौं, ३ वैशाख । नवलपरासी (पश्चिम), रौतहट, मुगु, धनुषा, उदयपुर, खोटाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ नदुवा चोकस्थित महेन्द्र राजमार्गमा बा.९१ प ३१८० नम्बरको मोटरसाइकलले सोमबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका लु.१४ प ३९५४ नम्बरको मोटरसाइकल चालक सुनवल नगरपालिका कीर्तिपुर बस्ने ५० वर्षीय देउप्रसाद गुरूङको लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ । बा ९१ प ३१८० नम्बरका मोटरसाइकल चालक गुल्मी ईस्मा गाउँपालिका–२ बस्ने २५ वर्षीय गोपाल घिमिरेलाई उपचार पश्चात नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै रौतहटको बृन्दावन नगरपालिका–६ स्थित सडकखण्डमा ना.४ ख ६१११ नम्बरको बसले ना.४५ प ९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सर्लाही बसबरिया गाउँपालिका–६ बस्ने २३ वर्षीय कृष्ण नन्दन साह सोनारको चपुर प्रालि हस्पिटल चपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार २१ वर्षीया आरतीकुमारी शाह सोनारलाई थप उपचारको लागि बीरगंजतर्फ पठाइएको छ । दुबै सवारी साधन नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका–२ बस्ने रवि रावतको भे.१ त ७२४० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरले किची गम्भीर घाइते भएकी जुम्ला तातोपानी नगरपालिका–४ बस्ने १८ वर्षीया लक्ष्मी उपाध्यायलाई उपचारको लागि सदरमुकामतर्फ लैजाने क्रममा सोमबार दिउँसो बाटोमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरि धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० जयनगरस्थित सडकमा ना.४ ख ३५७८ नम्बरको तेल बोक्ने ट्याङ्करले सोही ठाउँ बस्ने राम उद्गगार साहको ५ वर्षीय छोरा पुजन साहलाई ठक्कर दिँदा सोमबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । उक्त ट्याङ्करलाई स।४ प ४७४८ नम्बरको मोटरसाइकलले पछ्याई अगाडिबाट रोक्ने क्रममा मोटरसाइकललाई सोही ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार चालक सोही ठाउँ बस्ने २२ वर्षीय अजयकुमार यादव समेत ३ जना घाइते भएकाले स्थानीय मेडिकल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ

त्यस्तै उदयपुरको उदयपुर गढी गाउँपालिका–१ बिष्णुचौरमा स.१ ज ५०६ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँस्थित मुर्मे बस्ने ४५ वर्षीया केशरमाया परियारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने १० जना घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल पठाएकोमा २ जनालाई थप उपचारको लागि काठमाडौं र १ जनालाई बिराटनगरतर्फ पठाइएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटस्थित सडकखण्डमा ना.४ ख ७४११ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा बस्ने ४० वर्षीया बहादुर राईको स्थानीय स्वास्थ्य चौकी दुर्छिम हुँदै जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ६ जनालाई थप उपचारको लागि काठमाडौतर्फ पठाइएको छ भने ८ जना उपचार पश्चात घर फर्किएका छन् ।

यसैगरि सुनसरीको ईटहरी ८ टेङग्रा टोलस्थित भित्री सडकखण्डमा सोही ठाउँ बस्ने ३९ वर्षीय पेम्बा तामाङले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना.६ ख १८१३ नम्बरको ट्रक पछाडि सुतिरहेका भोजपुर घर बताउने बसपार्कमा चना भुजा बेच्ने हाल नाम, थर, वतन नखुलेका करिब १६ वर्षीय किशोरलाई उक्त ट्रक ब्याक गरी घुमाई आउने क्रममा ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य एवम् थप अनुसन्धान गरिरहेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy