Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

राष्ट्रिय खेलकूद प्रतियोगिता सकिन एक दिन बाँकी, आर्मीको अग्रता कायमै

काठमाडौँ । प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ । अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफले आफ्नो वर्चश्व कायम गरेका छन् ।

पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एकछत्र राज गरिरहेको छ । सर्वाधिक पदक जितेको आर्मीले ८७ स्वर्ण, ५५ रजत र ४४ कास्य पदकसहित कुल १८६ पदक जितिसकेको छ । दोस्रो स्थानको सशस्त्र प्रहरीको एपिएफ क्लबले ३५ स्वर्ण, ३६ रजत र ४४ कास्यसहित कुल ११५ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३३ स्वर्ण, ३३ रजत र ३२ कास्य पदकसहित कुल ९८ पदक जितेको छ । चौथो स्थानको प्रदेश ३ ले १६ स्वर्ण, २४ रजत र ३९ कास्य पदक गरी ७९ पदक हात पारेको छ । पाँचौमा रहेको प्रदेश ५ ले सात स्वर्ण, १७ रजत र ३३ कास्यसहित ५७ पदक जित्दा छैटौँमा रहेको सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, पाँच रजत र १९ कास्यसहित ३१ पदक जितेको छ ।

सातौँ स्थानको गण्डकी प्रदेशले छ स्वर्ण, ११ रजत र २९ कास्यसहित ४६ पदक जितेको छ भने आठौँ स्थानको प्रदेश २ ले छ स्वर्ण, सात रजत र १४ कास्यसहित २७ पदक जितेको छ । नवौँ स्थानको प्रदेश १ ले चार स्वर्ण, १६ रजत र ३७ कास्यसहित ५७ पदक जित्दा दशौँ स्थानको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले चार स्वर्ण र चार कास्यसहित आठ र कर्णाली प्रदेशले दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ ।

प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि पाँच जहार २११ खेलाडी प्रतिष्पर्धामा सहभागी रहेका छन् । प्रतियोगिताको बुधबार विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नुहुनेछ । प्रत्येक दुई÷दुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित २०३८ सालमा शुरु भएको राष्ट्रिय खेलकुदको शुरुका तीन संस्करण बाहेक कुनैपनि राष्ट्रिय खेलकुद दुई वर्षको अवधिमा हुन सकेको छैन ।

वैशाख ५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताका खेलहरू भने चैत २७ गतेदेखि नै शुरु भएका थिए । प्रतियोगिताका खेलहरू बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेलहरू आयोजना भएका छन् ।

बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल जारी छ भने दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल भइरहेका छन् ।

त्यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लनटेनिस, तेक्वान्दोका खेल आयोजना भएका छन् । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रो, ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता जारी छ ।

प्रतियोगितामा प्रदेश नम्बर १, प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबल टेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डवल, बुद्धिचाल, सफ्टटेनिस, आइ।टिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की खेल सहभागी गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy