काठमाडाैं । पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जिल्ला अध्यक्ष र सचिवकाे घाेषणा भएकाे भाेलिपल्ट एक जिल्लाका सचिवले राजिनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको सचिवमा मनोनित गरिएका दघिराम न्यौपाने ‘माधव’ले उक्त पदबाट राजीनामा दिएका हुन्।
पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भएकाले उक्त पदमा नैतिकताका आधारमा बस्न नसक्ने भन्दै उनले पार्टी हेड्क्वाटर र प्रदेश प्रमूखलाई लिखित रुपमा राजीनामा बुझाएका हुन्। तत्कालिन माओवादीको पोलिटव्युरो सदस्यसमेत रहेका शर्माले घटुवाको पद आफ्ना लागि स्वीकार्य नभएको बताए।
उनले भने ‘पार्टीको केन्द्रीय सदस्य हुदाँहुँदै सोही पार्टीको जिल्ला सचिवमा बस्न नसुहाउने भन्दै उक्त जिम्मेवारीबाट राजीनामा दिए।’ पार्टी केन्द्रले नाम सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाएका न्यौपानेले सचिव बाहेकको अन्य पदमा भने आफू यथावत रहेको पनि स्पष्ट पारे।
उनले सो पदमा यसअघि नै जिल्लामा सहमती भइसकेकोले नारायण बहादुर जिसी निर्मललाई प्रस्ताव गरेका छन्।राजीनामासँगै उनले उक्त प्रस्ताव पनि गरेका हुन्। मंगलबार पार्टी हेडक्वाटरमा इमेलमार्फत् तथा बुटवलमै रहेका प्रदेश संयोजक एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएका हुन्।
उनले भने ‘राजीनामा बुझाई सकें, अब पार्टीले उक्त पदमा अर्को व्यक्तिलाई पढाउने विश्वास छ।’ बुटवल उपमहानगरपालिकाका मेयर तथा पार्टीका प्रदेश सदस्य शिवराज सुवेदीलाई अध्यक्षमा तथा प्रदेश सांसद एवं पार्टीका केन्द्रीय सदस्य न्यौपानेलाई सचिवमा मनोनित गरिएको थियो।
यसअघि नै रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र सचिवमा नारायण जिसीको नाम सिफारिस भएको थियो। रुपन्देहीको अध्यक्षको जिम्मेवारी बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई दिएपछि भट्टराईले पनि असन्तुष्टि जनाएका छन्। भट्टराईले पार्टीको नीतिगत निर्णय गलत गरेको बताए। ‘पद नभएकालाई पद छैन। पदमा रहेकालाई थपेर दिइयो। पार्टीले के आधारमा छनौट गर्यो, म त अचम्ममा परे,’ उनले भने।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: