Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

विकास र समृद्धिको नयाँ अभियान अब पुरानो तरिकाले चल्दैनः नेता शर्मा

दोलखा । पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले विकास र समृद्धिको नयाँ अभियान अब पुरानो तरिकाले नचल्ने बताएका छन्। दोलखाको भूकम्पबाट क्षतिग्रस्त निलकण्ठेश्वर माध्यमिक विद्यालयको भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले श्रम, पुँजी र स्रोतहरुलाई जोडेर मात्रै हामी समृद्धिको दिशामा जान सक्ने बताए।

‘सरकारका दुई कर्मचारी, सचिव वा संस्थाले गरेर नेपालको विकास सम्भव छैन। सरकारका ठूला विकास योजनाहरु युवाहरुलाई जिम्मवारी दिनुपर्छ । अभियानवद्ध रुपमा हजारौं लाखौं युवाहरुलाई परिचालन गरेर आवस्यकता भन्दा अथवा तोकेको भन्दा पहिले हामीले उपलब्धी हासिल गर्न सक्छौं’ उनले भने ।

उनले सबै राजनीतिक पार्टीहरुलाई समावेश गराइ विकासको एउटा नयाँ अभियान ल्याउने बताए । उनले भने, ‘त्यो अभियान अबको अभियान हुने छ, जुन नेकपाले सञ्चालन गर्नेछ। विकासको महाअभियान आर्थिक क्रान्तीको महाअभियान चलाउने छ।’

विकास र समृद्धिका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गरेर अगाडी बढ्नु पर्ने बताएका छन्। उनले भने, ‘प्रविधी, पुँजी र स्रोतहरुको एकिकरणबाट मात्र समृद्धि सम्भव छ । त्यसकारण हमी सबैले एकतावद्ध भएर अगाडी बढ्नु छ।’

विकास र समृद्धि पार्टीगत कुरा नभइ समग्र राजनीतिक अभियान भएको बताए । आर्थिक विकासको माध्यबाट अगाडी बढ्नको लागि सबैको योगदानको आवस्य रहेको उनको भनाइ छ । हाम्रा गाउँ समाजमा थुपैै रोजगारीका समस्थाहरु छन् ।तर, रोजगारीका लागि आफ्नो जमिन प्रयोग र्न नचाहि विदेशीने मनोवृती रहेको छ । यसका लागी सहि समाधान निकाल्नु पर्ने उनले बताए ।

उनले भने, ‘काम नगर्ने र गुण्डागर्ती गरेर हिड्ने खालको एउटा प्रवृती पनि छ । ती कुराहरुलाई हतात्साहित गर्दै हामीले संविधानले पाएका अधिकारहरु, महिलाका अधिकार, दलित र जनजातीका अधिकार आदिवासी सबैका अधिकारहरु सहि प्रयोग गरी अगाडी बढ्नुपर्ने आवस्यकता औंल्याए।

सरकारबाट हुने गरेका सकारात्मक कामहरुको कार्यान्वयन गर्न जनताको पङ्ती अग्रसर हुनु पर्ने उनको भनाइ छ । जनता सरकार तथा नेतृत्वमा रहेको पार्टीको गल्ती र कमजोरी औल्याउन तयार हुनु पर्ने उनले बताए। उनले भने, ‘औंला ठड्याउनु पर्छ, खबरदारी गर्नुपर्छ किनभने यो कुरा जनताको श्रोतमा निहित छ । चाहे नेतो सरकार होस या सत्ता नै किन नहोस् सबै जनताको श्रोतमा निहित छ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy