हेटौँडा। नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ ।
हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ ।
साथै वितरण केन्द्रकोे करीब रु ५० लाख बिल ई सेवामार्फत राजस्व सङ्कलन भइरहेको छ । त्यस्तै प्राधिकरणले हेटौँडा क्षेत्रभित्र रहेको १४० वटा उद्योगलाई ठूला ग्राहकका रुपमा राखेर विशेष सेवासमेत प्रदान गरिरहेको छ । वितरण केन्द्र अन्तर्गतका सो उद्योगको रिमोर्ट मिटरबाट मिटर रिडिङ गर्ने गरेका छ । केन्द्रका प्रमुख शम्भु कुसियतका अनुसार ग्राहकले निवेदन दिए लगतै विद्युत् मिटर जडान हुने गरेको र अन्य प्राविधिक तथा प्रशासनिक काम योजनाबद्ध तरिकाबाट भइरहेको छ । त्यस्तै केन्द्रले ई सेवामार्फत मासिक चार हजार ग्राहकले विद्युत् बिल भक्तानी गरिरहेको जनाएको छ ।
विद्युत् चोरी तथा चुहावट रोक्न निरन्तर अनुगमन कार्य भइरकेको पनि केन्द्रले जनाएको छ । यसैबीच प्राविधिक रुपमा भइरहेका विद्युत् चुहावट रोक्न क्षेत्रीय विद्युत् कार्यालय हेटौँडाद्वारा मातहतका कार्यालयबीच छलफलको आयोजना ग¥यो । सो कार्यक्रममा क्षेत्रीय कार्यालयअन्र्तगत रहेका १३ वटा कार्यालयका प्रमुख एवं प्रतिनिधिले प्राविधिक रुपमा चुहावट हुने विद्युत्को विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: