Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

मारिएको हल्ला चलेका आईएस प्रमुखको भिडियो सार्वजनिक

एजेन्सी । खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) प्रमुख अबु बकर अल–बग्दादी मरिसकेको भनी हल्ला चले पनि उनको भिडियो सोमवार सार्वजनिक गरिएको छ । आईएसले जारी गरेको उक्त प्रचारात्मक भिडियोमा बग्दादी ५ वर्षपछि देखिएका हुन् । भिडियो कहिले खिचिएको भन्ने स्पष्ट छैन ।

तर सिरियामा आईएसको अन्तिम गढ बागूजका लागि भएको लडाईंलाई बग्दादीले भूतकालमा वर्णन गरेकाले भिडियो धेरै पुरानो नभएको देखिन्छ । आईएससँगको लडाईं महिनौंसम्म चलेपछि सन् २०१९ को फेब्रुअरी महिनामा टुंगिएको बताइएको छ । अमेरिकाको नेतृत्वमा रहेको नाटो सेना र सिरिया डेमोक्रेटिक फोर्सले कारवाही चलाएर ठूलो संख्यामा आतंकवादीहरूलाई आत्मसमर्पण गराएका थिए ।

सोमवार जारी भिडियोमा बग्दादीले भनेका छन्, ‘बागूजका लागि लडाईं सकिएको छ ।’
उसको भाषणलाई तीनजनाले सुनेको देखिन्छ र उनीहरूको अनुहार ब्लर गरिएको छ । केही वर्ष अघिसम्म सिरिया र इराकको ठूलो भूभागमा कब्जा जमाएको थियो तर अहिले ऊ कमजोर अवस्थामा छ ।

श्रीलंकामा आईएसले ठूलो आक्रमण गरेको ८ दिनपछि बग्दादीको भिडियो सार्वजनिक भएको हो । आईएस ध्वस्त भइसकेको भनी दाबी गरिएको तर त्यसमा आबद्ध आतंकवादीहरूले आआफ्नो देशमा फर्किएर आक्रमण गर्न सक्ने देखाइएको थियो ।

श्रीलंकामा भएको शृंखलाबद्ध आक्रमणमा आईएसले स्थानीय नागरिक परिचालित गरेको देखिएकाले यो आतंकवादी संगठन नयाँ षड्यन्त्र रच्न खोजिरहेको संकेत पनि पाइएको छ । यसअघि सन् २०१४ को जुन महिनामा बग्दादीको भिडियो सार्वजनिक भएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy