Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पाकिस्तानको यस्तो फैसला, जसको कारण भारतीय एयरलाइन्सलाई करोडौं घाटा

नई दिल्ली । पाकिस्तानको कारण भारतीय एयरलाइन्सले दैनिक छदेखि दस करोड नोक्सान व्योहोर्नु परेको छ । २६ फरबरीदेखि अहिलेसम्म भारतीय विमान कम्पनीहरुले ३०० करोडभन्दा बढि नोक्सान व्यहोर्नुपरेको तथ्य बाहिरिएको हो । भारतबाट जाने आउने विमानको लागि पाकिस्तानले एयर स्पेस बन्द गरिदिएको कारण भारतीय एयर कम्पनीलाई घाटा भएको हो ।

गत फेब्रुअरी २६ मा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हमला गरेसँगै पाकिस्तानले एयर स्पेस बन्द गरिदिएको थियो । अहिलेसम्म भारतको तर्फबाट आउने जाने सबै विमानहरुको लागि पाकिस्तानको एयर स्पेस बन्द छ ।

यी उडानलाई असर
यसको सिधा असर भारतबाट पश्चिम देशतर्फ जाने विमानहरुलाई बढि परेको छ । यसअघि भारतीय विमानले पाकिस्तानको एयर स्पेस प्रयोग गर्ने गर्दथे । जसको कारण इन्धन र समयको बचत हुने गर्दथ्यो । खासगरि युरोपका देशहरुमा जाने आउने विमानको लागि यो मार्ग सबैभन्दा बढि उपयुक्त थियो । तर पाकिस्तानले एयर स्पेस बन्द गरिदिएपछि विमानहरुले वैकल्पीक मार्गको प्रयोग गर्न बाध्य भएका छन् । जसको कारण इन्धन र समय बढि खर्चिनुपरेको छ ।

नोक्सान अझै बढ्न सक्ने
पछिल्लो समय एयरलाइन्सको नोक्सान अझै बढ्ने देखिएकाे छ । इन्धनको मूल्यमा बृद्धिभएसँगै एयर कम्पनीहरुलाई झन नोक्सान हुन थालेको हो । पछिल्लो समय इन्धन ६६८ प्रति लिटरबाट बढेर ७०० भारतीय रुपयाँ पुगेकाे छ । जसको कारण एयर कम्पनीहरुलाई अझ नोक्सान बढ्नेछ । यदि अझै पनि पाकिस्तानी एयर स्पेस भारतीय एयरलाईन्सको लागि नखोलिएमा नाेक्सानी बढ्न जाँदा भारतीय एयर कम्पनीहरु समस्यामा पर्न जाने देखिन्छ ।

वैकल्पीक मार्गको कारण समय र इन्धन खर्च दोब्बर
अहिले युरोप या अमेरिका जाने विमान ओमानको बाटो हुँदै जान बाध्य भएका छन् । पाकिस्तानको एयर स्पेस प्रयोग गर्न नपाउँदा सबैभन्दा बढि घाटा बेलायतको लण्डन जाने विमानलाई परेको छ । लण्डनबाट सिंगापुर जाने विमानको लागि दुरी करिब साढे चार सय किमि बढ्न गएको छ । यसको बाहेक हैदराबादबाट लण्डन जाने विमानको लागि समय बढेर १०देखि १५ घण्टासम्म लागेको छ । पाकिस्तानी एयर स्पेस खुल्ला नहुँदा भारतीय एयरलाई युरोप पुग्न औसत ९०० किमिभन्दा बढी दुरी पार गर्नुपरेको बताइएको छ । जसको कारण समय पनि बढि लागेको छ ।

यसलाई पर्यो बढि असर
युरोप तथा अमेरिका जाने उडान भारतबाट एकमात्र कम्पनी एयर इण्डियाले गर्दै आएको छ । पाकिस्तानको प्रतिबन्धको कारण सबैभन्दा बढि असर एयर इन्डियालाई परेको छ । पाकिस्तानी एयर स्पेस बन्द भएको कारण युरोप पुग्न एयर इन्डियालाई तीन घण्टाभन्दा बढि समय बढि लाग्ने गर्छ ।

उडान नै रद्द गर्न बाध्य
प्रतिबन्धको कारण केहि उडान नै रद्द गर्नसमेत एयर इण्डिया बाध्य भएको छ । जसको कारण अहिलेसम्म ३७२ करोड रुपैयाँभन्दा बढि नोक्सान ब्यहोरेको जनाइएको छ । यो मात्रै नभई लामो उडानको लागि विमानले इन्धन भर्न बीचमै उत्रिनु पर्ने समस्या झेल्दै आएको छ ।

अहिले भारतबाट अमेरिका तथा युरोप पुग्ने विमान ओमानको बाटो हुँदै जाने गर्दछन् । लामो दुरीको कारण एयरलाइन्सहरु तेल भर्नको लागि दोहा तथा अहमदाबादमा रोकिन बाध्य छन् । जसको कारण दिल्लीबाट काबुल जाने कतिपय उडान समेत रद्द गर्नुपरेको छ । पाकिस्तानले एयर स्पेस प्रतिबन्ध लगाएसँगै सिंगापुर एयरलाइन्स, फिनएयर, ब्रिटिश एयरवेज, एयरोफ्लोत, थाई एयरवेज लगायत अन्तराष्ट्रिय उडानहरुले समेत रुट परिवर्तन गर्न बाध्य छन् । जागरण डटकमबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy