काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि बिहीबार त्यसतर्फ जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्ने छन् ।
भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनामी समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन् । यस्तै, उनले त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा आयोजना हुने रात्रिभोज कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने छन् ।
भियतनाम भ्रमणकै क्रममा त्यहाँको हानाम प्रान्तमा आयोजना हुने इन्टरनेसनल डे अफ भैशाख (बौद्ध धर्मावलमीहरूको पर्व) लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै, प्रधानमन्त्रीले हो ची मिन नेसनल एकेडमी अब पोलिटिक्स र नेपाल भियतनाम बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच केही सम्झौता हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउन समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
यसैगरी कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोम्बोडियाली समकक्षी हुन सेनसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै कम्बोडियाली प्रधानमन्त्रीले आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुने कार्यक्रम रहेको छ । उनले त्यहाँको नेशनल एसेम्बलीका अध्यक्षसँग भेट गर्नुका साथै नोम पेनमा आयोजना हुने व्यवसायीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई, सांसदहरू उच्च अधिकारी सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: