रत्ननगर । नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका थिए । अहिले निकुञ्जमा एउटा मात्रै पोथी बाह्रसिङ्गे जीवित छ ।
निकुञ्जमा बाह्रसिङ्गे नभएकाले दुई वर्षअघि शुक्लाफाँटाबाट सातवटा ल्याइएको थियो । त्यसमध्ये दुई वटा त्यही समय मरे । बाँकी पाँच वटामध्ये दुई भाले र तीन पोथी थिए । निकुञ्जले पुरानो पदमपुर रहेको स्थानमा बाह्रसिङ्गे र अर्नालाई विद्युतीय तारसहितको ३० हेक्टरमा क्षेत्रफलमा राखेको थियो । सो स्थानमा प्रशस्त पोखरी, घाँसेमैदान र खोला छन् । निकुञ्जले बाह्रसिङ्गे र अर्नालाई यही स्थानमा छोड्न पोखरीसँगै घाँसेमैदान निर्माण गरेको थियो ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बाढी आउनुभन्दा अघि पाँच वटै बाह्रसिङ्गे थिए । “बाढीले बगायो कि तार फड्केर भागे भन्ने अहिले एकिन छैन”, उनले भने, “त्यसपछि तारबारमा एउटा मात्र पोथी बाह्रसिङ्गे छ । अहिले यो पाँच वर्षको भयो, अवस्था राम्रै छ ।”
यही तारबारमा कोशीटप्पु र जावलाखेलका चिडियाखानाबाट १५ अर्ना छाडिएको थियो । पन्ध्रमध्ये कोशीटप्पु र चिडियाखानाबाट ल्याएको तीन÷तीनवटा मरेपछि नौ वटाको सङ्ख्यामा पुगेको थियो । तर, अहिले अर्नाले तीन बच्चा जन्माएपछि १२ वटा पुगेका छन् ।
फरक प्रजाति भए पनि एक्लो बाह्रसिङ्गे यही अर्नाको समूहमा लामो समयदेखि बसिरहेको छ । तारबारको क्रममा केही चित्तल तारबारभित्र परेका छन् । बाह्रसिङ्गे मृग प्रजाति भएकाले अर्नाबाहेक चित्तलसँग पनि घुलमिल हुने गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले जीव विज्ञान अनुसार कुनै पनि जनावरलाई एक्लै राख्न नहुने बताए ।
उनले एक्लो बाह्रसिङ्गेलाई शुक्लाफाँटा छाड्नभन्दा यहाँ ल्याउँदा निकुञ्जलाई राम्रो हुने उनको भनाइ छ । “बाह्रसिङ्गेको बगाल यहाँ थप्दा सबैभन्दा राम्रो हुन्छ”, उनले भने, “यसले पर्यटकलाई थप आकर्षित गर्न मद्दत गर्छ । निकुञ्जका केही क्षेत्रफल बाह्रसिङ्गेका लागि उपयुक्त भएको पाएका छौँ ।”
अनुसन्धान अधिकृत डा लामिछानेका अनुसार हालै गरिएको अनुसन्धानमा निकुञ्जको कूल क्षेत्रफल ९५२ दशमलव ६३ वर्ग किमिमध्ये १४ दशमलव ५७ वर्ग किमि बाह्रसिङ्गेका लागि उपयुक्त क्षेत्रफल पाइएको छ । त्यस्तै १३४ दशमलव ८७ वर्ग किमि मध्यम खाले स्थान पाइएको उनले जानकारी दिए । निकुञ्जको पुरानो पदमपुर फाँटा र सुखीभार क्षेत्रमा बाह्रसिङ्गेलाई अनुकूल रहेको उनको भनाइ छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: