Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कठै 'निम्छरो' कांग्रेस !

काठमाडौं । मंगलवार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसदहरूले प्रश्न गर्ने पालो आयो । २७ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोधे । कसैले निर्मला पन्तको हत्यारा कहिले जेल जान्छ भनेर सोधे भने कसैले कर्णालीमा तुइन विस्थापनको बारेमा प्रश्न सोधे । उत्तर दिने पालो थियो प्रधानमन्त्री ओलीको । ओली जवाफ दिन रोष्ट्रममा उक्लिए ।

‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु,’ जवाफ दिन गएका प्रधानमन्त्रीले प्रश्नकर्ताका प्रश्नलाई \'निम्छरो\' भनी टिप्पणी गरे । प्रधानमन्त्रीले निम्छरो शब्द प्रयोग गरेपछि कांग्रेसका सांसदहरू उठेर विरोध जनाए ।

सांसद गगन थापा, मिनेन्द्र रिजाल लगायतले प्रधानमन्त्रीले संसदीय मर्यादा कायम नराखेको आरोप लगाए । ‘प्रश्नको सीमा र मर्यादा हुन्छ,’ यति भन्दै प्रधानमन्त्री कांग्रेस सांसदहरूसँग दोहोरी खेल्न उत्रिए । हल्लाखल्ला भएपछि प्रधानमन्त्रीले जम्माजम्मी २ प्रश्नको मात्र जवाफ दिएर रोष्ट्रमबाट बाहिरिए ।

नेपाली शब्दकोशमा निम्छरोको अर्थ यसरी उल्लेख गरिएको छ, ‘१. (निम्नस्तर) धन, बुद्धि, विद्या, आदि सबै कुराबाट नाजुक स्थितिको, कमजोर । २. दुब्लो पातलो निर्बलियो ।’ प्रधानमन्त्रीले कांग्रेसलाई \'नालायक\' भनेको कांग्रेसको बुझाइ छ ।

के कांग्रेस निम्छरो हो ?
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पार्टी एकता गर्ने उद्देश्य राख्दै तत्कालीन एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचन लडे । त्यतिबेला संसदमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो शक्ति थिए । दोस्रो र तेस्रो शक्ति गठबन्धनमा उत्रिएपछि कांग्रेस राजनीतिक रूपमा कमजोर भयो । यतिबेला संसदमा कांग्रेस अंकगणितीय हिसाबले कमजोर प्रतिपक्षीको रूपमा छ ।

केन्द्रमात्र होइन ७ वटै प्रदेशमा कांग्रेस प्रतिपक्षी बन्यो । प्रदेश नम्बर दुईमा कांग्रेस केही बलियो हुने अनुमान गरिएको थियो तर त्यहाँ त प्रमुख प्रतिपक्षी पनि हुन पाएन । प्रधानमन्त्रीकै शब्द सापटी लिने हो भने कांग्रेस राजनीतिक रूपमा \'निम्छरो\' देखिएको छ ।

सरकारको आलोचना गर्ने नाउँमा कांग्रेस \'रचनात्मक\' हुन बिर्सिएको नेकपाका एक नेताको दाबी छ । \'नेपाली कांग्रेसले सरकारका कामहरू रचनात्मक ढंगबाट आलोचना गरेर असल प्रतिपक्षी बन्न सकिरहेको छैन,\' उनले भने, \'कांग्रेसले सरकार विरुद्ध प्रोपागान्डा मात्र फैलाउने प्रयास गरिरह्यो । सरकारले गरेका राम्रा कामहरू ओझेलमा पारेर सरकारका कमजोरीहरू माथि मात्र प्रहार गर्न खोज्नु लोकतान्त्रिक पद्धति होइन । सरकारले बल्ल एक वर्ष पार गरेको छ, कतिपय कमजोरी पनि भएका होलान् । तर कांग्रेसले हरेक कुरालाई अधिनायकवादसँग जोडेर प्रचार गरिरहेको छ । आजको युगमा जनताले भोट दिएर सरकार संचालन गरेको शक्ति अधिनायकवादी हुन सम्भव छैन ।\'

तर कांग्रेसकी सांसद डीला संग्रौलाले भने प्रधानमन्त्रीले संसदलाई चुनौती दिएको बताइन् । \'सदन प्रतिपक्षीको हो भन्ने ओलीले बिर्सेको उनको आरोप छ । \'प्रधानमन्त्रीले सांसदलाई निम्छरो (नालायक) भन्दा पनि उहाँले रुलिङ गर्नुभएन,\' संग्रौलाले भनिन्, \'प्रधानमन्त्रीको अधिनायकवादी शैलीमा सभामुख साक्षी बस्नुभयो ।\'

संसदमा सभामुखको कार्यशैली
यतिबेला प्रधानमन्त्रीले प्रयोग गरेको शब्दमा बहस भइरहेको छ । तर संसद सभामुखको नियन्त्रणमा हुने गर्दछ । तर मंगलवार सभामुख कृष्णबहादुर महराले तत्कालै सुल्झाउन सक्ने \'निम्छरो प्रकरण\'मा चुप बसिदिए । नीति तथा कार्यक्रम जस्तो विषयमा सवाल-जवाफ गर्दा झन् बढी संवेदनशील हुनुपर्ने सभामुख   यो समस्या सुल्झ्याउन सक्थे, आफ्नो अधिकार प्रयोग गरेर । तर, उनले त्यो जरुरी ठानेनन् ।

सभामुखका लागि संसदमा सबै सांसदहरू बराबर हुन्छन् । चाहे प्रधानमन्त्री होस्, चाहे प्रमुख प्रतिपक्षी दलको नेता होस् या १ जना मात्र प्रतिनिधित्व गरेको पार्टीको सांसद होस्, सभामुखले उत्तिकै महत्त्व दिनुपर्ने हुन्छ । प्रतिपक्षी दलको एकजना मात्र पनि विरोधमा उठेको बेलामा सभामुखले सदन संचालन गर्नु लोकतान्त्रिक पद्धति नभएको कतिपय कांग्रेसका नेताहरू बताउँछन् ।

बुधवार राष्ट्रिय जागरण अभियानको घोषणा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई निरिह र डरपोक भएको आरोप लगाए । सांसद गगन थापाले सभामुखलाई सत्तारुढ पार्टीको कारिन्दा भएको आरोप लगाए । यसअघि चिकित्सा शिक्षा विधेयक पारित गर्नेबेलामा पनि सभामुखलाई यस्तै आरोप लागेको थियो ।

कांग्रेसले आफूलाई हेपेको प्रधानमन्त्रीको आक्रोश 
बुधवार साँझ \'जनतासँग प्रधानमन्त्री\' नामक एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेसले आफूलाई हेपेको आरोप लगाए । कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको भन्दै प्रधानमन्त्रीले भने, \'संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो । वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको थियो ।\'

यद्यपि अरूलाई उखान टुक्का जोडेर \'भित्तैमा पुर्याउने\' शैली रहेका प्रधानमन्त्रीको दाबी तर्कसंगत देखिँदैन । निर्मला प्रकरण, वाइडबडी प्रकरण जस्ता कतिपय सुशासन र भ्रष्टाचारसँग जोडिएका विषयहरू राष्ट्रव्यापी रूपमा अगाडि आएका छन् । ति प्रकरणका बारेमा प्रधानमन्त्रीलाई कांग्रेसले मात्र होइन जनताले सधैं सोधिरहेका हुन्छन् । संसदको प्रत्यक्ष प्रसारण हेरिरहेका जनताले पनि कांग्रेस सांसदहरूले सोधेको प्रश्नको जवाफको प्रतीक्षा गरिरहेका थिए ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले \'मेरो सरकार\' उच्चारण गरेपछि कांग्रेसले त्यसको विरोध गर्ने नाउँमा राष्ट्रपति जस्तो सर्वोच्च संस्थालाई विवादमा तान्न खोजेको प्रधानमन्त्रीको बुझाइ छ । कांग्रेसले विरोध गरेपछि प्रधानमन्त्री कांग्रेसप्रति असहिष्णु बनेका हुन सक्छन् । यही कारणले प्रधानमन्त्री जवाफ दिन संसदको रोस्ट्रममा जानुभन्दा अगाडि नै आक्रोशित मुद्रामा देखिएका थिए ।

सरकार-प्रतिपक्षबीचमा बढ्दो दूरी 
गतसाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गरेको थियो । समर्थन गरेकै कारणले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण पार्टीभित्रै आलोचित बनेका थिए । प्रधानमन्त्री ओलीले अहिले पनि कांग्रेसले सरकारको नीति तथा कार्यक्रम समर्थन गर्नेमा ढुक्क थिए तर उनीमाथि प्रश्नको ओइरो लाग्यो ।

संसदमा सानोतिनो वादविवाद हुनु नौलो होइन । भारत र अन्य कतिपय देशको संसदमा त अझ कुटाकुट नै हुने गर्दछ । तर नेपालको हकमा ठूलो मेहेनेतपछि बनेको संविधान कार्यान्वयन गर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षको दूरी बढ्नु राम्रो होइन । प्रतिपक्षीको आलोचना पनि सुनेर सरकार अघि बढ्नुपर्छ ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले सरकारको बचाउ मात्र गर्नुपर्थ्यो । तर ओलीले सांसदका प्रश्नहरूलाई निकै हलुका ढंगले लिए । जवाफ पनि निकै हलुका थियो । प्रश्नको जवाफ भन्दा धेरै प्रश्नमाथि कटाक्ष गरे । यसलाई कांग्रेसले आफ्नो अपमानको रूपमा लियो । सत्तापक्ष र प्रतिपक्षको बीचमा बढेको यस दूरीलाई कम गर्न सभामुखले पहल गर्नुपर्थ्यो तर त्यो पनि भएन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies