Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

यस्ता छन् कम्मर दुख्नुका कारण, कसरी छुटकारा पाउँने ?

काठमाडौं । हाम्रो कम्मर (ढाड) को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ । जति कम्मरको लचकता हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौँ । यो शरीरको खम्बा हो । यसले नै हाम्रो पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।

कम्मर दुख्नुको मुख्य कारण खराब विहार नै हो । कम्मरमा असर हुने काम गरेमा, धेरैबेर निहुरेर काम गर्दा, अगाडि वा पछाडि धेरै झुकेर बस्दा, सुत्ने उठ्ने नमिल्दा, भारी सामान उठाउँदा, सकि नसरी व्यायाम गर्दा, गर्धन झुकाएर बस्दा कम्मर दुख्न सक्छ। त्यस्तै हिँडेको, बसेको, उभिएको नमिलेमा पनि कम्मर दुख्छ। गाडी वा मोटरबाइक चलाउँदा पनि कम्मर दुख्न सक्छ । मोटोपन हुँदा नसा च्यापिएर पनि ढाड दुख्न सक्छ। त्यसैले उचाईअनुसार तौल ठिक राख्नुपर्छ । कम्मर कसैको बीच भागमा दुख्छ, कसैको कम्मरको दायाँ भागदेखि दायाँ खुट्टासम्म झमझम गरी दुख्छ। कसैको थाई मुनितिर तन्किएर दुख्छ। यसरी दुखेमा कम्मरमा नसा च्यापिएको हुन्छ।

दायाँ भागमा दुखेमा दायाँ भागको नसा च्यापिएको हुन्छ भने बायाँ भाग दुखेमा बायाँतिरको नसा च्यापिएको हुन्छ। यसलाई बेलैमा समाधान गरेन भने पछि धेरै दुख्ने, खुट्टाले टेक्नै नसक्ने, हिँडडुलसम्म गर्न गाह्रो हुने हुन्छ र शल्यक्रिया गर्नु पर्ने सम्म हुन्छ। त्यसैले स्वस्थ रहन यसलाई हरहमेशा लचिलो र बलियो बनाइराख्नु पर्छ। यसका लागि सबैले उचित आहार र उचित विहार गर्नुपर्छ। हरेक विहान सम्पुर्ण शरीरलाई लचिलो बनाउने व्यायाम गर्नु पर्छ। त्यसैगरी विहान ३० देखि ४५ मिनेट हिँड्न सकिन्छ। निकैबेर काम गरेपछि केही बेर आराममा बस्नु पर्छ।

कम्मर दुख्दा योगआसनले पनि धेरै लाभ गर्छ। कम्मर दुख्दा गर्न मिल्ने आसनहरुः
अर्ध शलभासन–भुइँमा घोप्टो सुत्ने। च्युँडोले भुइ छुवाइराख्ने। दुवै खुट्टा सिधा राख्ने। दुवै हातलाई हिप नजिकै राख्ने। बिस्तारै सास तान्दै बायाँ खुट्टा कम्मरभन्दा मुनिको भाग तनक्क तन्काई करिब एक फिट भुईंबाट उठाउने र मनमनै १ देखि १० अंक गन्ने। त्यसपछि बिस्तारै श्वास छोड्दै खुट्टा भुईंमा राख्ने। ध्यान दिनुपर्ने कुरा खुट्टालाई धेरै उठाउनु हुँदैन, कम्मरभन्दा मुनिको भाग तनक्क तन्काउने प्रयास गर्ने भने श्वास तान्ने र छोड्ने समय मिलाउने। यसरी दायाँ बायाँको खुट्टा क्रमशः दशदश पटक गर्ने। पूर्ण शलभासन– अर्ध शलभाशन पछि यो आसन गर्ने। अघि जस्तै घोप्टो नै पर्ने। बिस्तारै स्वास तान्दै दुवै खुट्टा कम्मरभन्दा मुनिको सबै भाग तनक्क तन्काई करिब १ फिट उठाउने। मनमनै १० गन्ने र बिस्तारै स्वास छोड्दै खुट्टालाई भुइँमा राख्ने। खुट्टा तन्काउँदा सबै बल पेटमा हुनुपर्छ। यो पनि १० पटक गर्ने।

अश्वासन–कम्मर र ढाडपाता दुख्नेलाई सबैभन्दा लाभदायक आशन हो अश्वासन। यो आसनमा बस्दा ढाड र कम्मरका नशा सिधा हुन्छ। पूर्ण शलभासन गरेपछि यो आसन गर्ने। सिधा उत्तानो सुत्ने। दुवै हात्केलालाई गर्धनमुनि लक गरेर राख्ने। दुवै घुडा खुम्चाउने। दुबै कुइनाले भुइँ छुवाई राख्ने। विस्तारै स्वास छोड्दै दुबै घुँडालाई जोडेर बायाँ र टाउकोलाई दायाँ मोड्ने, मनमनै २० देखि ३० सम्म गन्ने र स्वास तान्दै बीचमा फर्कने र बिस्तारै फेरि श्वास छोड्दै विपरित दिशामा मोड्ने। क्रमशः १०– १० पटक गर्ने। बद्ध सवासन–यो आराम गर्ने आसन हो। कम्मर दुखेकालाई आराम गर्न सजिलो आसन। उत्तानो परेर सुत्ने। दुवै हातलाई गर्धनमुनि लक गरेर राख्ने। दुवै घुँडालाई खुम्च्याउने र आराममा बस्ने। यसरी आराम गर्दा ढाड पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन्। यो आसन जतिबेलामा पनि गर्न सकिन्छ। माथिका आसन सकेपछि करिब ५ देखि १० मिनेट यो आराममा बस्ने। यो जानकारी नागरिक दैनिकबाट लिइएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending