Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

गलत काम लुकाउन पत्रकारितालाई सिध्याउन खोजिएको छ

\"\"काठमाडाैं । अहिले भईरहेका कानून नियमहरु पत्रकारिता जगतलाई व्यवस्थित गर्न पर्याप्त छन् । राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्धित कानूनहरु पनि पर्याप्त छन् । तर एकाएक यी नयाँ विधेयकहरु आउनु आश्चर्यको कुरा हो । देशमा कतिपय कानुनहरुको अभाव भएको चर्चा चलिरहेको बेला भएका कानूनलाई किन एकाएक यसरी प्रतिस्थापन गर्न खोजिएको प्रश्न उठेको छ । भ्रष्टचार दिनदिनै बढेको छ । पारदर्शिता भन्ने छैन् । लोकतन्त्रको मुटु भनेको पारदर्शिता हो । पारदर्शिताको सबभन्दा सशक्त माध्यम भनेको पत्रकारिता जगत हो । अहिले यो सरकारले व्यापक रुपमा बढ्दै गएको भ्रष्टचारलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा मिडिया जगत हाबी हुँदै आएको छ । सरकारमा संलग्न पार्टी र त्यसका नेता तथा कार्यकर्ताहरु भ्रष्टचारमा लागेको विषय मिडियामा आएको । फेरि अर्को कुरा यो व्यवस्था नै ठिक छैन् भनेर संघर्षमा गएको पार्टीका विरुद्धमा सरकार गएको छ । उसका नेता तथा कार्यकर्ताहरुलाई समात्ने र थुन्ने गरिरहँदा मिडिया जगत झन् सशक्त रुपमा आएको स्थिति छ । यो सन्दर्भमा मिडियाले पनि र मानवअधिकार आयोगले पनि सरकारको साथ दिएन । यी कुरालाई नियन्त्रण गर्ने भनेको संविधानको पालना गरेर, कानूनको पालना गरेर नै हो । हामीसँग जति पनि कानून पर्याप्त छन् । त्यसलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा सरकारले यस्तो नियम कानूनहरु ल्याएर बाँध्नु खोज्नु दुस्साहसपूर्ण नै हो । खासगरी मिडिया काउन्सील विधेयकमा पत्रकारिता जगतमाथि लगाईने दण्ड र जरिवानालाई एकदमै अव्यवहारिक हिसाबले ल्याइएको छ । सरकारले आफ्नो प्रतिकुल जानेवित्तिकै पक्राउ गरिहाल्ने । दण्ड र जरिवाना गराईहाल्ने कुरा लगाउन खोजिएको छ । यसले भ्रष्टचारलाई झन् बढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै कुण्ठित पार्ने काम गर्छ । कम्युनिष्ट नामको सरकार छ । कम्युनिष्ट भएको कारण यो सरकार तानाशाही हुँदै गरेको, निरंकुश हुँदै गरेको भन्ने टिप्पणी पनि आएको छ । अर्कोकोणबाट, कम्युनिष्टको नाम लेखेको तर संसदीय पक्षपाती भएको हुनाले यसले संसदीय व्यवस्थालाई टिकाउनको लागि निरंकुशतालाई हाबी बनाउन खोजेको भन्ने टिप्पणी छ । दुवै कोणबाट सरकारप्रति टिप्पणी आएको छ । दुवै सहि पनि हो । किनभने यो सरकार नामको कम्युनिष्ट सरकार कामको संसदीय सरकार हो । यो टिप्पणी आइरहेको बेला, यो टिप्पणीलाई थेग्नको लागि सरकारले यस्तो विधेयक ल्याएको देखिन्छ । जसले गर्दा अलिकति मिडियालाई, अलिकति पत्रकारलाई नियन्त्रण लिन्छ । जसको कारण भ्रष्टचार, राष्ट्रियताका कुराहरु बाहिर नआउने स्थिति हुन्छ । यसले प्रष्ट पार्छ सरकार आफ्नो गलत काम लुकाउन पत्रकारिता जगतलाई सिध्याउन लागि परेको छ ।

(भण्डारी जनअधिकार अभियान नेपालका अध्यक्ष हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies