Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

जडता र संक्रिणतामा टाँसिएको भए मदन भण्डारी नेता बन्न सम्भव थिएन

काठमाडाैं । एउटा नेता हुन नेताको गुण केहो ? मानव जातिको हितको नीमित्त सर्मपित पार्टीले सोंच्ने र काम गर्ने तरिका के हुनुपर्दछ ? हामीले अहिले गम्भिर ढंगले बुझ्न आवश्यक छ ।

कमरेड मदन भण्डारी किन एउटा विचारकको रुपमा, राजनीतिज्ञ र रणनीतिज्ञका रुपमा स्थापित हुनु भयो ? भण्डारीले तत्कालिन समयमा लिएको विचार र रणनीतिलाई हामीले गम्भिरतापूर्वक बुझ्नुपर्ने हुन्छ । उहाँले माक्र्सवादलाई कुनै ड्रग्मा वा प्र्याग्माको रुपमा नभई जीवन र जगतको भलाईको निमित्त ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै प्रयोग गर्नुभयो । कमरेड भण्डारीले विचारलाई पनि नयाँ–नयाँ गर्ने, रणनीतिलाई पनि नयाँ–नयाँ गर्ने र जनतासँग जोडिएर माक्र्सवादलाई विज्ञानलाई विकास गर्ने काम गर्नुभयो । त्यसबेला बनिबनाउ सुत्र मात्रै रटिरहेको भए, विश्व क्रान्तिका अनुभवहरुलाई मात्रै प्रयोगमा ल्याएको भए मदन भण्डारी मदन भण्डारी बन्न सम्भव थिएन् ।

मदन भण्डारीले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पुगेको धक्का, पूर्वी युरोपमा भएको प्रतिक्रान्तिको लहर, विश्वमा भएका समाजवादी राष्ट्रहरुको कमजोर अवस्थाबाट पाठ नसिकेको भए भण्डारी नेताका रुपमा स्थापित हुन सम्भव थिएन ।

कम्युनिष्ट आन्दोलनको कुनै भविष्य छैन, माक्र्सवादको कुनै भविष्य छैन्, विचारको अन्त्य भयो, अब पूँजीवाद नै एकमात्र सत्य हो, साम्राज्यवाद नै एकमात्र सत्य हो भन्ने प्रचार निकै तिव्र रुपले अगाडि आएको बेलामा त्यसलाई काउण्टर गर्नको लागि उहाँले आफूलाई ड्रग्माभन्दा फरक ढंगले प्रस्तुत गर्नुभयो । जडतामा, संक्रिणतामा टाँसिएर, पुरानै कुरा दोहोर्याई राख्ने काम गर्नुभएन ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पनि जडता र संक्रिणतामा टाँसिरहने रोग लागेकै थियो । अझ २०१९ सालको तेस्रो महाधिवेशन पछि संक्रिणता र जडताका बीच व्यवहारवादमा थुप्रै समस्याहरु देखिए । हाम्रा विचार र रणनीतिलाई कसरी प्रस्तुत गर्दा वर्गसंघर्षका चुनौतिहरु र राजनीतिक संघर्षका चुनौतिहरुलाई सामना गर्न सकिन्छ भन्ने प्रश्न त्यसबेला गम्भीर रुपले आएको थियो ।

कमरेड मदन भण्डारीले त्यसबखत ठोस परिस्थिति ठोस विश्लेषण गर्दै साहसको साथ नयाँ कुरा साथ गर्ने आँट गर्नुभयो । त्यसकारण मदन भण्डारी लोकप्रिय नेताको रुपमा, विचारकको रुपमा, कुटनीतिज्ञ, रणनीतिज्ञको रुपमा स्थापित हुनुभयो ।

अहिले हामीबीच त्यस्तै प्रश्न उब्जिएको छ । हामीले कस्तो राजनीतिक बाटो लिने भन्ने, प्रश्न गम्भिर छ । हामीले मदन भण्डारीले जे–जे भन्नुभयो त्यहि–त्यहि कुरा दोहो¥याई राख्ने हो कि ? भण्डारीले विकास गरेका विचार, राजनीति र रणनीतिमा टेकेर त्योभन्दा अगाडि जाने ? अहिले हामीले, आजको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, आम नेपालीको चाहनालाई ठिक ढंगले मूल्यांकन गरेर ठोस विश्लेषण गर्न आवश्यक छ । माक्र्सवादी शैली अनुसार अहिलेको परिस्थितिलाई ठोस विश्लेषण गरेर, कमरेड भण्डारीले विकसित गरेका विचारलाई अझ परिमार्जन गर्ने, नयाँ परिस्थिति अनुसार त्यसलाई विकसित गर्ने र अहिलेका चुनौति सामना गर्ने गरि त्यसलाई अगाडि बढाउने हो कि, जे कुरा मदन भण्डारीले गर्नु भएन हामीले त्यसै गर्ने ? जे कुरा उहाँले गर्नुभएन, हामीले पुराना कुरा दोहोर्याएर बसिराख्नु भएन ।

अहिले पनि नेपाली कम्युनिष्ट आन्दोलनमा पुरानो पिँढीका केहि नेताहरु हुनुहुन्छ । जे कुरा २००६ मा पुष्पलालले भन्नुभएको थियो अहिले पनि त्यहि कुरा भनिराख्नु भएको छ । मलाई लाग्छ, उहाँहरु बाँचुनजेल भनिराख्नुहुन्छ तर क्रान्तिको लागि, परिवर्तनको लागि उहाँले एउटा पनि सिन्को भाँच्नसक्नुभएन, भाँच्नुहुन्न ।

(मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको वार्षिकउत्सवको अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्बोधनको छोटो अंश)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy