चितवन । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आमसञ्चार तथा पत्रकारिता विषयको अध्ययनलाई गुणस्तरीय बनाउन रेडियो र टेलिभिजनको आधुनिक प्रयोगशाला निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
क्याम्पस प्रमुख मणिराज महतोका अनुसार प्रदेश नं ३ सरकारको सहयोगमा प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न बोलपत्र आह्वान गरिएको छ । क्याम्पसले रु २४ लाख नौ हजार मूल्य बराबरका उपकरण खरीदका लागि बोलपत्र आह्वान गरेको हो । ती सामग्रीबाट रेडियो र टेलिभिजनलाई उपयोगी हुने स्टुडियो निर्माण गर्ने पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले बताए ।
उनका अनुसार स्टुडियो निर्माणपछि आउँदो वर्ष रेडियोको टावर निर्माण गरिनेछ । यसअघि पनि क्याम्पसले रेडियोका लागि भनेर हरेक वर्ष निश्चित रकम विनियोजन गर्दै आएको थियो । हाल निर्माण हुने स्टुडियोबाट क्याम्पसले अनलाइन रेडियो र टेलिभिजन प्रसारण गर्न सक्नेछ ।
त्यसैगरी विद्यार्थीले सामाजिक सञ्जालबाट पनि मिडियाको श्रव्य, दृश्य सामग्रीहरु प्रसारण गर्न सक्ने आमसञ्चारका सहायक प्राध्यापक दवाडीले जानकारी दिए । विसं २०६० मा दश जोड दुईमा र २०६४ बाट स्नातक तहमा पत्रकारिता विषयको पढाइ हुँदै आएको छ ।
हाल दश जोड दुईमा करीब दुई सय र स्नातकमा एक सय जना विद्यार्थीले आमसञ्चार तथा पत्रकारिता विषय पढ्दै आएका छन् । क्याम्पसले स्नातकोत्तर तहको समेत पढाइ शुरु गर्नका लागि स्तरीय प्रयोगशाला निर्माण गर्न लागेको हो ।
प्रयोगशाला निर्माण भएसँगै विद्यार्थीहरुलाई अन्य निजी क्षेत्रका रेडियो र टेलिभिजनमा प्रयोगात्मक कक्षाका लागि जानुपर्ने बाध्यता कम हुने दवाडीले बताए । बदलिँदो समयको मागअनुसार विश्वस्तरमा प्रतिस्पर्धाका लागि आमसञ्चार अध्ययनलाई अझ व्यावहारिक बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनले बताए । हाल सो क्याम्पसमा विभिन्न विषयमा गरी करीब चार हजार विद्यार्थी अध्ययनरत छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: