Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

आइतबार कुन राशिलाई के गर्दा राम्रो ?

काठमाडाैँ । वि.सं.२०७६ साल ज्येष्ठ १९ गते । आईतबार । ईश्वी सन् २०१९ जुन ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि चतुर्दशी,२८ घडी १४ पला,बेलुकी ०४ बजेर २८ मिनेट उप्रान्त औशी । नक्षत्र कृतिका,४९ घडी ४३ पला,रातको ०१ बजेर ०३ मिनेट उप्रान्त रोहिणी । योग अतिगण्ड,१७ घडी १४ पला,मध्यान्ह १२ बजेर ०४ मिनेट उप्रान्त सुकर्मा । करण शकुनि,बेलुकी ०४ बजेर २८ मिनेट चतुष्पद,रातको ०४ बजेर १५ मिनेट उप्रान्त नाग । आनन्दादिमा धुम्र योग । चन्द्रराशि मेष,बिहान ०६ बजेर ४५ मिनेट उप्रान्त बृष ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेट । दिनमान ३४ घडी १९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समय लगाएर गरिएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानीनहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापनमा गडबड हुनेछ । रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरु बाट नै आलोचना हुनसक्छ काम गर्दा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीका नयाँनयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरि यथेष्ट लाभ लिन सकिनेछ । काम गरि अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरुलाई पछि पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेषगरि हाईड्रोपावर,पानि तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँनयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेहुदा अन्य काम गर्न सहज हुनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मिहिनेतगर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानीथोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानीहुनेछ । लामो तथा रमाईलो यात्रा हुनेहुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानीहुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउन सक्छ । पढाइ लेखाइमा भनजस्तो प्रगति नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानीनहुने हुदा दैनिक कामहरु प्र्रभावित हुनेछन् भने शिक्षा क्षेत्र सँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिवादित बिषयहरुको निर्णय तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जानेछ तथा लेखन कलाको बिकाश हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE