काठमाडौँमा आठ दल सम्मिलित अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतान्त्रिक समाज निर्माण गर्ने उद्देश्यले साझा अभियान अघि बढाइएको बताए।
उनका अनुसार विगतमा भएका राजनीतिक तथा नीतिगत कमजोरीबाट पाठ सिक्दै जनताप्रति थप उत्तरदायी बन्ने मोर्चाको प्रतिबद्धता छ। सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेर मोर्चालाई गतिशील बनाइने उनले बताए।
मोर्चाले समाजमा कायम रहेका विभेद, छुवाछूत तथा बहिष्करण अन्त्य गर्दै सामाजिक न्याय स्थापित गर्ने लक्ष्य लिएको छ। लामो समयदेखि अधिकारबाट वञ्चित समुदायले अझै पनि समानताको पूर्ण अनुभूति गर्न नसकेको भन्दै शर्माले संविधान संशोधनसँगै आवश्यकताअनुसार पुनर्लेखनको विषयसमेत अघि सारे।
अग्रगामी मोर्चाले स्थानीय तहलाई प्रदेश सरकारको मातहत ल्याउने विषयलाई समेत आफ्नो राजनीतिक रणनीतिमा समेटेको छ। संघीय संरचनालाई प्रभावकारी बनाउन आवश्यक सुधारका लागि संघर्ष गर्ने मोर्चाको तयारी छ।
युवामा बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न सीपमूलक तथा स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि मोर्चाले जनाएको छ। त्यस्तै, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कल्याणकारी राज्य निर्माणका लागि काम गर्ने अवधारणापत्रमा उल्लेख छ।
भूमिहीन तथा सुकुमबासीको समस्या समाधानका लागि वास्तविक सुकुमबासी र नक्कली दाबी गर्नेको पहिचान गरी दीर्घकालीन समाधान खोज्ने शर्माले बताए। यसका लागि राज्यले प्रभावकारी नीति र कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ छ।
अग्रगामी मोर्चाको संगठनात्मक संरचना क्रमशः जिल्ला र प्रदेश तहसम्म विस्तार गर्ने योजना रहेको छ। आवश्यकताअनुसार विभिन्न भातृ तथा सहायक संगठनसमेत गठन गर्न सकिने अवधारणापत्रमा उल्लेख गरिएको छ।
मोर्चाले सामूहिक निर्णय प्रणालीलाई आधार बनाउने जनाएको छ। साझा सहमतिबाट निर्णय गर्न प्राथमिकता दिइने र सर्वसम्मति हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरिने शर्माले जानकारी दिए।
मोर्चाले सार्वजनिक गरेको अवधारणापत्रमा राजनीतिक स्थायित्वसँगै सामाजिक न्याय, आर्थिक विकास, रोजगारी र राज्यका आधारभूत सेवामा नागरिकको पहुँच विस्तारलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...
श्रावण २३ गते, २०८३ - १५:५८
कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...
श्रावण २३ गते, २०८३ - १४:४९
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...
श्रावण २३ गते, २०८३ - १४:३४
पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...
श्रावण २३ गते, २०८३ - १४:२३
सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...
श्रावण २३ गते, २०८३ - १४:०३
धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...
श्रावण २३ गते, २०८३ - १३:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा विमा...
श्रावण २३ गते, २०८३ - १२:५५
तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...
श्रावण २३ गते, २०८३ - १२:४१
इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...
श्रावण २३ गते, २०८३ - १२:१०
कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...



प्रतिकृया लेख्नुहोस्: