रुस । रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्।विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ।
उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ।
विस्फोटका बेला पाँचजना कारखानाभित्रै थिए, तर उनीहरूको सकुशल उद्धार गरिएको एक अधिकारीले बताए। घाइतेमध्ये अधिकांशलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको थियो।
विस्फोटका कारण कम्पन हुँदा नजिकका घरका र अरू कारखानाका झ्यालका सिसाहरू फुट्न पुगेका थिए।
कारखाना नजिकका घरका सिसाहरू पनि फुटेको अधिकारीहरूले बताएका छन्
जशिंस्क शहरका अधिकारीहरूले घटनास्थल वरपरका क्षेत्रमा आपत्काल घोषणा गरेका छन्।
रुसको अनुसन्धान समितिले कारखानामा सुरक्षासम्बन्धी मापदण्डको सम्भावित उल्लङ्घन हुन सक्ने भन्दै फौजदारी अनुसन्धान थालिएको जनाएको छ।
स्थानीय स्वास्थ्य मन्त्रालयको एउटा विज्ञप्तिमा भनिएको छ, ूताजा विवरण अनुसार क्रिस्टलमा भएको विस्फोटपछि ७९ जनालाई चिकित्सकीय सहयोग मागिएको छ जसमध्ये ३८ जना कारखानाका कामदार र ४१ जना शहरका बासिन्दा छन्। घाइतेमा बालबालिका छैनन्।ू
१५ जनालाई अस्पताल भर्ना गरिएको र घटनामा कसैको ज्यान नगएको विज्ञप्तिमा भनिएको छ।
त्यसअघि एक स्थानीय स्वास्थ्य अधिकारीले पीडितमध्ये अधिकांशलाई छर्रा लागे मध्यम र सामान्य खालको चोट लागेको बताएका थिए।
यसैबीच स्थानीय बासिन्दाले घटनास्थलबाट ठूलो मात्रामा धूँवा निस्किँदै गरेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
अधिकारीहरूले कारखानाको एउटा प्लान्टमा बम नभई ूप्राविधिक चीज विस्फोटू हुँदा एक सय वर्गकिलोमिटर वरपरसम्म आगो लागेको बताएका छन्।
गत अगस्टमा मध्य रुसको जशिंस्कस्थित अर्को कारखानामा विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो।
जशिंस्क विश्वकै अति प्रदूषित शहरमध्येको एउटा भएको बताइन्छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: