तनहुँ । शुक्लागण्डकी नगरपालिका–१० बाड्राङस्थित शान्ति वर्ष प्राथमिक विद्यालयमा एउटै कोठामा तीनवटा कक्षाका विद्यार्थीलाई पढाइने गरेको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा कक्षाकोठा अभाव छ । त्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेका हुन् । प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलका अनुसार विद्यालयमा जम्मा तीनवटा कोठा छन् । जसमध्ये एउटा कोठा विद्यालय भवन निर्माण गर्ने कामदारलाई बस्न दिइएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कोठा अभावका कारण प्रशासन कार्यालयमै शिशु, एक र दुई कक्षाका बालबालिका राखेर पढाउँछौँ,’ उनले भनिन्, ‘अर्को कोठामा तीन, चार र पाँच कक्षाका बालबालिका राखेर अध्यापन गरिरहेका छौँ ।’ हिउँदमा चौरमै राखेर पढाए पनि वर्षामा हुरी र पानीका कारण समस्या भएको उनले बताइन् । तीनवटा कक्षाका विद्यार्थीलाई एकैसाथ बोलेर पढाउन असम्भव भएकाले शिक्षकहरूले अचम्मको मापदण्ड बनाएका छन् । ‘एउटै कोठामा तीनवटा बोर्ड राखेर तीनवटा कक्षाका विद्यार्थीलाई पढाउने गरेका छौँ,’ शिक्षक शिवराम गौतमले भने, ‘सबैलाई एकैसाथ बोलेर पढाउन सम्भव छैन । एउटा कक्षाका विद्यार्थीलाई लेख्न लगाउँछौँ, अनि अर्कोलाई हल्ला नगरी मनमनै पढ भन्छौँ र त्यसपछि अर्को कक्षामा पढाउँछौँ ।’
०७२ मा गएको भूकम्पले विद्यालय भवनको पश्चिमपट्टिको भागमा क्षति पुगेपछि कक्षाकोठा अभाव भएको थियो । भत्केको भवन भर्खर पुनर्निर्माण भइरहेको छ । ०४० मा स्थापना भएको यो विद्यालयको भवन पहिले नै जीर्ण थियो । विद्यालयका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय तनहुँबाट १३ लाख ५० हजार र नगरपालिकाबाट तीन लाख विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर अर्यालले बताए । निर्माण भइरहेको भवन सम्पन्न भएपछि पनि कोठा अभाव हुने अर्याल बताउँछन् । नयाँ भवन बनेपछि पाँचवटा कोठा हुने भए पनि त्यतिले नपुग्ने विद्यालयले जनाएको छ ।
शिक्षकको तरिका
एउटा कक्षाकालाई लेख्न दिने, अर्कालाई मनमनै पढ्न भन्ने र तेस्रो कक्षाकालाई पढाउने
भवन निर्माणमा मेयरको प्रतिबद्धता
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले विद्यालयका लागि सक्दो सहयोग गर्ने बताए । विद्यालयमा एकदेखि पाँच कक्षासम्म २९ जना र शिशु कक्षामा ११ जना गरी कुल ४० विद्यार्थी छन् । दरबन्दीमा तीन शिक्षक, बालकक्षाका लागि एक शिक्षक र एक कार्यालय सहयोगी गरी पाँच कर्मचारी छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: