काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा उनीहरुले देशको समृद्ध ठमेल निर्माणका लागि ठमेल क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन शान्त, सभ्य र व्यवस्थित ठमेल निर्माण गर्नुपर्ने बताए । \'व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसीटिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुन्छ\', उनले भने ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए । व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय प्रशासनको पूर्ण साथ र सहयोग रहने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले व्यवसायीको सम्पूर्ण विवरण प्रहरी र स्थानीय तहलाई दिएमात्र आफ्नो व्यवसायको सुरक्षा हुने बताए । काठमाडौँ महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धरले समृद्ध ठमेल निर्माणका लागि व्यवसाय, प्रहरी र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताए । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले प्रहरी र स्थानीय सरकारले मात्र ठमेललाई शान्त बनाउन नसक्ने बताउँदै प्रत्येक व्यवसायीको सोच र विचारमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: