बीबीसी । ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्।
प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा सो घटना भएको उल्लेख गरेकी छन्। नेमार फुटबल क्लब प्यारिस साँ-जमाँ (पीएसजी) का लागि खेल्छन्।
नेमारको व्यवस्थापनले एउटा विज्ञप्ति जारी गर्दै उनले आरोपलाई पूर्ण रूपमा अस्वीकारू गरेको जनाएको छ।
नेमार अहिले कोपा अमेरिकाका लागि ब्राजिलमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्दैछन्।
आरोप के छन् ?
प्रहरीको दस्तावेजअनुसार नाम नखुलाइएकी ती महिला र नेमारबीच सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् चिनचान भएको थियो र नेमारले प्यारिसमा उनलाई भेट्न बोलाएका थिए।
ती महिलालाई ब्राजिलबाट फ्रान्सका लागि उनले हवाई टिकट उपलब्ध गराएका थिए भने प्यारिसस्थित एउटा होटलमा कोठा पनि लिइदिएका थिए।
गत मे महिनाको १५ तारिखमा नेमार होटल आइपुग्दा उनले मदिरा सेवन गरेको ूस्पष्ट रूपमाू देखिएको ती महिलाको आरोप छ।
कुराकानी र अङ्कमालपछि नेमार आक्रामक भए र हिंसात्मक रूपमा पीडितको इच्छाविपरीत शारीरिक सम्बन्धमा सक्रिय भएू, प्रहरीको दस्तावेजमा भनिएको छ।
घटनाबारे फ्रान्सेली प्रहरीमा कुनै उजुरी नै नगरी त्यसको दुई दिनपछि ती महिला ब्राजिल फर्किइन् किनकि \'उनी भावानात्मक रूपमा विचलित भएकी थिइन् र परदेशमा उजुरी गर्न डराएकी थिइन्,\' प्रहरीको दस्तावेजमा उल्लेख छ।
नेमारका बुवा के भन्छन् ?
आरोपहरू सार्वजनिक भएपछि जारी गरिएको एउटा विज्ञप्तिमा नेमारको व्यवस्थापनपक्षले भनेको छ, \'हामी अन्यायपूर्ण आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्छौँ।\'
नेमारका बुवा नेमार डस सान्तोसले शनिवार ब्राजिलको ब्यान्ड टीभीसँग कुरा गर्दै \'त्यो एउटा जालसाजी भएको स्पष्ट छू भनेका छन्।
\'यदि सर्वसाधारणलाई सत्यतथ्य बुझाइएन भने यो कुरा फैलिँदै जान्छ। ह्वाट्सएपमा नेमार र ती महिलाबीच भएका कुराकानी देखाउनुपर्छ भने हामी देखाउँछौँ,\' उनले थपे।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: