Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

फागुन २१ पछि पनि गठबन्धन सरकार बन्ने प्रचण्डको दाबी

"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने दाबी गरेका छन्। उनले चुनावपछि पुनः दलीय समीकरणकै सरकार बन्ने सम्भावना प्रबल रहेको बताएका हुन्।

दाहालका अनुसार अहिलेको राजनीतिक धरातल हेर्दा एकल बहुमतको सम्भावना अत्यन्त न्यून छ। “जनताको मत विभाजित छ, राजनीतिक ध्रुवीकरण छ। यस्तो अवस्थामा कुनै पनि दलले एक्लै सरकार बनाउने अवस्था देखिँदैन,” उनले भने । त्यसैले आगामी सरकार फेरि पनि गठबन्धनकै आधारमा बन्ने उनको ठोकुवा छ।

चुनाव टारिए देश संकटमा

चुनाव नहुने वा सर्ने हल्ला चलाइएकोप्रति असन्तुष्टि जनाउँदै दाहालले अहिलेको परिस्थितिमा निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताए। उनका अनुसार चुनाव अन्योलमा परे देश झन् ठूलो संकटमा फस्ने जोखिम छ।

“अहिलेको विषम अवस्थामा चुनाव नै निकास हो। यदि चुनाव यताउता भयो भने देश राजनीतिक अस्थिरताको भुमरीमा फस्न सक्छ,” उनले भने। कतिपयले ‘हावाहुरीको सरकार’ बन्ने चर्चा गरिरहेको प्रसंग उल्लेख गर्दै उनले नतिजा जस्तोसुकै आए पनि स्वीकार गर्नुपर्ने धारणा राखे।

“हावाहुरीकै सरकार बनेछ भने पनि लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामलाई स्वीकारेर अगाडि बढ्नुपर्छ,” उनले स्पष्ट पारे।

‘नयाँ’ र ‘पुराना’को भाष्यप्रति आपत्ति

दाहालले पछिल्लो समय ‘नयाँ’ र ‘पुराना’ शक्तिबीच कृत्रिम विभाजनको भाष्य निर्माण भइरहेको आरोप लगाए। सामाजिक सञ्जालमार्फत स्थापित राजनीतिक शक्तिहरूलाई अवमूल्यन गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

“विचार, मुद्दा र परिवर्तनको इतिहास बोकेका शक्तिहरूलाई ‘पुराना’ भन्दै खारेज गर्न खोज्नु लोकतान्त्रिक गणतन्त्रकै अपमान हो,” उनले टिप्पणी गरे। उनका अनुसार यस्तो भाष्यले लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने खतरा हुन्छ।

तीन राजनीतिक धारको विश्लेषण

दाहालले हालको परिस्थितिमा नेपालमा तीनवटा राजनीतिक धार देखा परेको तर्क गरे। पहिलो धारका रूपमा उनले भदौ २३ अघि विद्यार्थीको हत्या भएको घटनालाई उल्लेख गर्दै सत्ता उन्मादले दुःखद अवस्था सिर्जना गरेको बताए। दोस्रो धारका रूपमा २४ भदौमा भएको विध्वंसात्मक गतिविधिलाई उनले इंगित गरे। तेस्रो धारमा देशी–विदेशी शक्तिको घुसपैठ र आन्दोलन ‘हाइज्याक’ भएको प्रसंग उनले उठाए।

देश संकटमा परेको बेला सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता आफूले अघि सारेको दाबी उनले गरे। त्यसै प्रक्रियाबाट २६ घटक मिलेर नयाँ नेकपा बनेको उनको भनाइ छ।

जेन–जी आन्दोलन र हाइज्याकको आरोप

दाहालले ‘जेन–जी आन्दोलन’ को मर्म आफूले सबैभन्दा पहिले बुझेको दाबी गरे। “त्यो आन्दोलनको भावना र आक्रोशलाई सुरुमा मैले नै महसुस गरेको हुँ,” उनले भने। उनले आफूहरूले नेतृत्व संरचनामा परिवर्तन गरेर नयाँ आवाजलाई स्थान दिन खोजेको उल्लेख गरे।

तर, उक्त आन्दोलनलाई पछि चलखेल गरेर हाइज्याक गरिएको आरोप उनले लगाए। “हाम्रा घर र कार्यालयमा आक्रमण भए, आगजनी भयो। त्यसैले म भन्छु—जेन–जी नेतृत्वले भनेजस्तै त्यो आन्दोलन पनि हाइज्याक भयो,” उनले दाबी गरे।

नेतृत्व र पदप्रति धारणा

अन्तर्वार्ताका क्रममा दाहालले आफू र माधव नेपालले नेतृत्व लिएरै नेकपालाई अहिलेको अवस्थासम्म ल्याएको बताए। यद्यपि, अब मूल नेतृत्वमा बस्नैपर्छ भन्ने व्यक्तिगत आकांक्षा नभएको उनले स्पष्ट गरे।

“मुख्य नेतृत्वमा रहिरहनुपर्छ भन्ने मेरो मरिहत्ते छैन। महाधिवेशनसम्म जाँदा मेरो भूमिका सानो नहोस्, तर पद नै चाहिन्छ भन्ने आग्रह छैन,” उनले भने।

प्रधानमन्त्री घोषणा गर्ने अभ्यासप्रति आलोचना

दाहालले अन्य दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जानु अपरिपक्व राजनीतिक व्यवहार भएको टिप्पणी गरे। उनका अनुसार चुनावअघि नै पद बाँडफाँटको अभ्यास गर्नु लोकतान्त्रिक संस्कारसँग मेल खाँदैन।

“निर्वाचन स्वच्छ होस्, मतदाताले निर्भय भएर मतदान गर्न पाऊन्—हामी त्यसमा केन्द्रित छौँ,” उनले भने। नेकपाले प्रधानमन्त्रीको नाम घोषणा नगरी मुद्दा र कार्यक्रमका आधारमा जनतासामु जाने रणनीति अपनाएको उनले बताए।

समग्रमा दाहालको आकलन स्पष्ट छ । यसपटकको चुनावले एकल बहुमतको सरकार जन्माउने छैन। परिणाम गठबन्धनतर्फ नै मोडिनेछ। तर, लोकतान्त्रिक प्रक्रियाबाट आउने जुनसुकै परिणामलाई स्वीकार गरेर अघि बढ्नुपर्ने उनको जोड छ।

राजनीतिक ध्रुवीकरण, नयाँ–पुरानाको बहस, आन्दोलनको प्रभाव र गठबन्धनको सम्भावनाबीच आगामी निर्वाचनले देशको सत्ता समीकरण फेरि एकपटक पुनर्संरचना गर्ने संकेत देखिएको छ। अब मतदाताको अन्तिम निर्णय बाँकी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...

सरकारका १०० दिन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन, अनुसन्धान र स्टार्टअप प्रवर्द्धनमा नयाँ अभ्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...

आज प्रतिनिधि सभा बैठक बस्दै, सार्वजनिक खरिददेखि सम्पत्ति शुद्धीकरण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...

खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा

चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...

गृहमन्त्री गुरुङका १०० दिन : ‘पहिला थुन्ने, अनि सुन्ने’ शैलीमा

काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...

काभ्रेमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...

सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...

बुहारीमाथि यौन दुर्व्यवहारको आरोपपछि आत्महत्या, ससुरा पक्राउ

सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...

मनसुन थप सक्रिय, शुक्रबारसम्म भारी वर्षाको सम्भावना; बाढी–पहिरोको जोखिम बढ्यो

काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...

मानसिक स्वास्थ्यको अदृश्य यथार्थ उजागर गर्ने ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending