काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक÷शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्mना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताए ।
सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।
सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधिलाई पक्राउ गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद देवप्रासद गुरुङले स्वयम्सेवकका रुपमा नेपाल आउने विदेशीलाई समान व्यवहार गर्ने सम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिए ।
सांसद देवप्रसाद तिमल्सिनाले रौतहट जिल्लामा हुरी, असिना र पानीले कृषिबालीमा क्षति पुग्न गएको उल्लेख गर्दै यसको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे ।
सांसद पूर्णकुमारी सुवेदीले बाँके जिल्लाको सुनापुर गाउँपालिकामा विद्युतीकरण सेवा पुर्याउनुपर्ने बताए ।
सांसद नवराज सिलवालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा गति नियन्त्रण निर्माण र सिसीटिभी क्यामेरा जोड्नुपर्ने धारणा व्यक्त गरे। सांसद प्रमोद शाहले लोकसेवा आयोगको विज्ञापन विधिपूर्वक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रभुनारायण चौधरी, पार्वती डिसी चौधरी, प्रकाश स्नेही र प्रमिला राईले देशमा हत्या, हिंसा, भ्रष्टाचार, बलात्कार तथा अनियमितता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: