नुवाकाेट । मुसलमानको पुरानो बस्ती रहेको यहाँको त्रिशूलीका मुसलमानले हर्षोल्लासका साथ इद मनाइरहेका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा जिल्लामा विभिन्न स्थानमा छरिएर रहेका मुसलमानले आज त्रिशूलीको इदगाहमा भेला भई सामूहिक नमाज पाठ गरेका छन् ।
व्यापार व्यवसायका सिलसिलामा नुवाकोट जिल्लाका देवीघाट, छहरे, वेत्रावती, सामरी, आप्रँह र चोकदे र रसुवा जिल्लालगायत क्षेत्रमा छरिएर रहेका मुसलमानहरु सामूहिक नमाज पाठ गर्न इदगाहमा भेला भएको स्थानीयवासी मोहमद मियाले जानकारी दिए ।
त्रिशूलीमा दुई सय पचास वर्ष अघिदेखि बसोबास गरिरहेका मुसलमानले जिल्लाको एक मात्र इदगाहमा भेला भई सामूहिक नमाज पाठ गर्दै एक महिनासम्मको रमजान रोजा उपवास सकिएको खुशीयालीमा एकार्कासँग आलिङ्गन गर्दै इद मुबारक साटेको मौलना अब्दुल बहावले जानकारी दिए ।
तीन दिनसम्म हर्षोल्लासपूर्वक मनाइने सो पर्वका अवसरमा मुसलमान समुदायले विशेषतः ‘सेवई’ को परिकार आफन्त र छरछिमेकीलाई खुवाउने चलन छ ।
नमाज पाठपछि उनीहरुले दानसमेत गरेका छन् । मुसलमानले इदका अवसरमा कमजोर आर्थिक अवस्था भएकाहरुलाई आफ्नो कमाइको १० प्रतिशत दानसमेत गर्ने चलन छ । रोजा, नमाज, जकात, हज र फित्तरा पाँच आधारभूत कुरा मुसलमानका लागि महत्वपूर्ण भएको मौलना बहावले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: