पोखरा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले वास्तविक पीडित अझै समस्यामा रहेको गुनासो गरेका छन् ।
प्राधिकरणबाट समयमा किस्ता रकम निकासा हुन नसकेको, गुनासोको बेवास्ता गरिएको, प्राविधिक आउनुअघि नै बनाइएका घरको अनुदान पाउन समस्या भएको, कार्यविधि नभएको बहानामा किस्ता रकम रोकिएको तथा प्रवलीकरण र पुनःनिर्माणका विषयमा अझै पनि अन्योलता रहेको गुनासो उनीहरुले गरेका हुन् ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले वास्तविक पीडितले अझै राहत नपाएको र टाठाबाठाले मात्रै सुविधा पाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिए ।
सवलीकरण तथा पुनःनिर्माणका लागि अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेकाले त्यसका लागि तत्काल व्यवस्था गर्नुपर्ने बताउँदै उनले भूकम्पपीडितले भोग्नुपरेको समस्याको जानकारी अझै पनि गाउँपालिकासम्म नआउने अवस्था विद्यमान रहेको हुँदा यसको न्यूनीकरणका लागि गाउँपालिकाले फोकल पर्सनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अन्नपूर्ण गाउँपालिकाका–१, २ र ३ का वडाध्यक्षहरु क्रमशः भरतबहादुर कुँवर, चूडामणि अधिकारी र चन्द्रबहादुर गुरुङले पुनःनिर्माणको काममा निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवार बनाउनुपर्ने, किस्ता रकम समयमा नै निकासा दिनुपर्ने, कामको प्रगति तथा समस्याका बारेमा वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला आयोजना कार्यान्वयन एकाइका वरिष्ठ इञ्जिनीयर नवराज शर्माले प्राविधिक नपुग्दै बनेका घरको सन्दर्भमा गत भदौमा नै एकमुण्ठ रु तीन लाख दिने निर्णय भए पनि कार्यविधि आइ नसकेकाले ढिलाइ भएको बताए ।
उनले कार्यविधि आउनासाथ यस विषयको समस्या समाधान हुने विश्वास व्यक्त गरे । भूकम्पपीडित एकल महिला, अशक्त तथा अपाङ्गता भएमा थप रु ५० हजार अनुदान पाउने व्यवस्था भएको जानकारी पनि उनले दिए ।
अन्नपूर्ण गाउँपालिकामा कूल ३९५ लाभग्राहीमध्ये ३५३ ले सम्झौता गरी पहिलो किस्ताबापतको रु ५० हजार बुझेको छ । अझै ४२ जनाले सम्झौता गर्न सकेका छैनन् ।
घर सम्पन्न गरी तेस्रो किस्ता लिनेको सङ्ख्या ७५ पुगेको र दोस्रो किस्ता १७९ जनाले लिइसकेको र हाल १० वटा घर निर्माणका क्रममा रहेको पनि उक्त अवसरमा जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: