काठमाडौँ । धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।
हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली दिइरहेको पाइन्छ । धार्मिक गतिविधि हुने मन्दिर सबैको आस्था केन्द्र भएका कारण यस्ता स्थानमा शान्त र आनन्दको अनुभूति हुनुपर्ने हुँदा पशुबली हुन दिन नहुने आवाज उठ्न थालेको छ । पशु कल्याण सङ्घ एवं स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले हाल मौजुदा नियम कानूनले पशुको अधिकार संरक्षण गर्न नसकेका कारण पशु कल्याण ऐन ल्याउनुपर्ने बताइन् ।
धर्म संस्कृतिका आधारमा मन्दिर परिसरमा हुने काटमारले सम्बन्धित क्षेत्रका मानिसको र समाजको सभ्यतामा आँच आउने उनको भनाइ छ । हिन्दू धर्मलाई वेदकालभन्दा पनि अगाडि अस्तित्वमा रहेको मानिन्छ । वैदिककाल र वेदहरूको रचनाको काल अलग–अलग मानिएको छ । हिन्दू धर्मशास्त्रमा हिंसालाई कहीँ पनि महत्व दिइएको छैन । हिंसाबारे शास्त्रमा लामो व्याख्या छ । पशुबली भनेको पशुताको बली हो ।
मानिसमा विश्वशक्तिलाई बुझ्न सक्ने गुण आर्जन गरी पाशविक गुणहरु हटाउँदै जाने विश्वास जोडिएको छ । त्यसैगरी इस्लाम धर्ममा पनि हिंसालाई नभएर शान्ति र प्रेमलाई महत्व दिइएको छ । मानिसमा आउने गलत विचार तथा दुर्गुणलाई समाप्त गरी असल भावनाको विकास गर्न धार्मिक शिक्षाको खाँचो छ ।
एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले पशुलाई पनि पीडा र खुशीको बोध गराउनका लागि पशु अधिकारको रक्षा हुनुपर्ने विचार व्यक्त गर्दै पशुकल्याणका लागि ऐन ल्याउनुपर्ने बताए । पशुप्रति हुने कुनै पनि किसिमको दुव्र्यवहार घटाउनका लागि पशु कल्याणको अवधारणालाई सर्वसाधरण मानिसले बुझ्न जरुरी छ । पशु कल्याणको सवलीकरणका लागि सरकार तथा गैरसरकारी क्षेत्रको सहकार्य र भूमिका महत्वपूर्ण हुने मानिएको छ ।
नेपाल सरकारका पूर्वसचिव कृष्णचन्द्र पौडेलले पशुपंक्षी र मानवबीच सकारात्मक सम्बन्ध विकास गर्न जरुरी रहेको बताए । अधिवक्ता पद्मप्रसाद श्रेष्ठले मन्दिरमा हुने पशुबलीको अन्त्य गर्नपुर्ने भएकाले पशु ढुवानी मापदण्ड–२०६४ ले पशु कल्याणसम्बन्धी कार्य गर्न नसकेको जानकारी दिए । उनका अनुसार पशुप्रति गरिने दुव्र्यवहारलाई अब बन्ने कानूनमा मानवीय अपराधसरह दण्ड सजायको व्यवस्था हुनुपर्छ । ऐनमा पशुको कल्याणका साथै उपभोक्ताको हितमा व्यवस्था गरिनुपर्ने देखिएको उनको भनाइ छ ।
पशु चिकित्सा परिषद्का रजिष्ट्रार नारायणप्रसाद घिमिरेले भने, \'मन्दिरमा हुने हिंसाले केही मानिसलाई सूक्ष्मरूपमा हिंसा पुगेको हुन्छ, कसैलाई चोट पुर्याउँदा पनि हिंसा हुन्छ, चित्त दुःखाउँदा, दुःख दिँदा हिंसा हुन्छ ।\'पशु सेवा विभागका अनुसार व्यवस्थित वधशाला र स्वस्थ मासु उपभोगको अवस्थामा सुधार ल्याउनका लागि पशुपक्षी बधशालाको प्रभावकारी व्यवस्था गरिने भएको छ । स्थानीय तह, प्रदेश र सङ्घको सहकार्यमा त्यो काम अघि बढाउने योजना विभागको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: