Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ: उद्योगमन्त्री भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बाेल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

उनले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको जानकारी दिए । उनले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन, औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताए । उनले यी ऐनहरूमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताए । 

उनले भने, ‘‘उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन, औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरणसँग सम्बन्धित ऐनहरूलाई चाँडै परिमार्जनका लागि सरकारले सम्बन्धित मन्त्रालयहरूलाई प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन भएको छ । निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । सरकारसँग आउनुस् कहाँ–कहाँ हो समस्या ? सरकारले लगानी भित्र्याउँदा आएका हडल्सहरु छन् । नीति, ऐन, कानुनमा भएका समस्याका विषयमा छलफल गरौँ ।’’

मन्त्री भण्डारीले नीति ऐन, कानुनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने भनाइ राखे । उनले आन्तरिक तथा बाह्य लगानीका लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताए । स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्ने बताउँदै निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति, ऐन कानुन र सेवा प्रवाहको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताए । 

उनले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानुन व्यवसायीहरूले मात्रै व्याख्या गर्नसक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानुनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताए । हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताउँदै उनले दक्षिण एसियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको धारणा व्यक्त गरे । 

‘‘मुलुकमा भविष्यमा यस्तो वातावरण बनोस् । धेरै विदेशी लगानीलाई स्वागत गर्न पाऔँ । स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्न सक्नुपर्छ । निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानुन र सेवा प्रवाहरतको सहुलियत हो । तर मुलुकमा भएका कानुन व्यवसायीहरूले मात्रै व्याख्या गर्नसक्ने खालको छ ।,’’ उनले भने, ‘‘वर्तमान सरकार नीति ऐन कानुनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको छ । मुलुकमा लगानीमैत्री वातावरण रहेको एक अध्ययनले देखाएको छ । त्यसले उत्साह छाएको छ । दक्षिण एसियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको कन्ट्री रेटिङ रिपोर्टले देखाएको छ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending