एजेन्सी । भारतप्रशासित कश्मीरमा एउटी आठ वर्षीया बालिकालाई बलात्कारपछि यातना दिएर मारेको अभियोगमा छ व्यक्तिलाई एउटा विशेष अदालतले दोषी ठहर गरेको छ।
गत वर्ष कश्मीरको कठुआमा फिरन्ते मुस्लिम समुदायकी ती बालिकाको शव जङ्गलनजिकै भेटिएको थियो।
उनको बलात्कार र हत्या गरेको आशङ्कामा आठ व्यक्तिलाई पक्राउ गरिएको थियो।
सो कदमको विरोधमा दक्षिणपन्थी हिन्दू समूह तथा वकिलहरूले प्रदर्शन गरेपछि सो विषयले ठूलो चर्चा पाएको थियो।
ती बालिकाकी आमाले दोषीमध्ये दुई जनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेकी छन्।
नाबालक पनि दोषी
अभियुक्तहरूले आफू दोषी नभएको दाबी गरेका थिए।
तीमध्ये एकलाई दोषमुक्त गरिएको छ तर उनका बुवा भने दोषी ठहर भएका छन्।
दोषी ठहर हुनेहरूमा एक अवकाश प्राप्त सरकारी अधिकारी, चार प्रहरी अधिकारी र एक नाबालक छन्।
ती नाबालकलाई भारतको कानुन अनुसार छुट्टै मुद्दा चलाइनेछ।
बालिकाकी आमाले भूतपूर्व सरकारी कर्मचारी सान्जी राम र प्रहरी अधिकारी दीपक खजुरियाले घटना गराएको भन्दै उनीहरूलाई फाँसी दिनुपर्ने माग राखेकी छन्।
बीबीसीसँग कुरा गर्दै उनले भनिन्, छोरीको अनुहार सम्झेर म अहिले पनि बिथोलिन्छु, त्यो पीडाले मलाई कहिल्यै छोड्ने छैन। उसको उमेरका अरू केटाकेटी खेलेको देख्दा मेरो मुटु चिरिन्छ।
आक्रोश
ती बालिकामाथि भएको अत्याचारको विवरणले धेरैलाई विचलित बनाइदिएको थियो।
सत्तासीन भारतीय जनता पार्टीबाट मन्त्री रहेका दुई नेताहरूले आरोपितहरूको समर्थनमा निकालिएको र्यालीमा सहभागिता जनाएपछि भारतमा आक्रोश बढेको थियो।
सामाजिक सञ्जाल ट्विटरमा त्यसको र मूल घटनाको विरोधमा व्यापक निन्दा भयो। नेता, कलाकार, खेलाडी र सामाजिक जीवनमा ख्याति कमाएका धेरैले त्यस विषयमा टिप्पणी गरेका छन्।
कतिपयले ती बालिकाको मृत्युलाई केही वर्षअघि दिल्लीमा भएको २२ वर्षीया युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरेका थिए।
जग्गा विवाद
अभियुक्तहरू सबै घुमन्ते मुसलमान समुदायसँग भूमिविवाद भएको स्थानीय हिन्दू समुदायका सदस्य हुन्।
पीडित बालिकाको परिवार हिमाली क्षेत्रमा आफ्नो भेडीगोठ राख्ने घुमन्ते समुदायको हो।
हिउँदमा उनीहरू प्रायस् जम्मू उपत्यका हुँदै अन्यत्र जान्छन्। उनीहरूले सार्वजनिक वनलाई चरनका रूपमा प्रयोग गर्ने हुँदा स्थानीयवासीसँग द्वन्द्वको स्थिति उत्पन्न हुने गरेको छ।
आरोपित व्यक्तिहरूले भेडीगोठालाको सो समुदायलाई लखेट्न खोजेको हुनसक्छ।
जम्मूका वकिलहरूले ती आरोपितविरुद्ध मुद्दा दर्ता हुन नदिन प्रहरीलाई स्थानीय अदालतमा प्रवेश गर्न लाग्दा छेक्ने प्रयास गरेका थिए।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: