Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

असिनापीडितलाई राहत वितरण

पर्वत । असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ ।

यही जेठ ९ गतेको असिनापानीले बालीनालीसँगै घरबास गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतबार र सोमबार गाउँमै पुगेर राहत वितरण गरेको हो । मोदी गाउँपालिका–७ राम्जा देउरालीका ५२ पीडित परिवारलाई क्षतिको विवरणअनुसार रु एक लाख ९८ हजार वितरण गरिएको हो ।

असिनाले घरको छाना पूर्णरूपमा भत्किएका परिवारलाई रु छ हजार, आंशिक क्षति भएकालाई चार हजार र सामान्य क्षति भएकालाई रु दुई हजारका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिए । उनका अनुसार १५ जनाको घरको छाना पूर्णरूपमा क्षति भएको छ भने १७ को आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमा क्षति पुगेको पाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पीडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन् । बालीनालीको क्षति भने सम्बन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।

असिनाले घरको छाना बस्नै नहुने गरी छोडिदिएको छ, प्रशासनबाट थोरै भए पनि राहत पाउँदा खुुशी लागेको स्थानीयपीडित हुमबहादुर क्षेत्रीले बताए । असिनाले जिल्लाका सातै स्थानीय तहका कृषक मारमा परेका छन् । व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफूल, अन्नबाली र बीउबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।

तरकारी पकेटअन्तर्गत झण्डै रु ५० लाखका टनेल नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ भने तीन करोडभन्दा बढीको तरकारी र अन्नबाली नष्ट गरेको ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । सबैभन्दा बढी मोदीमा र कुश्मा, फलेवास, महाशिला, र पैँयुमा समेत असिनाले नोक्सानी पुर्याएको छ ।

जिल्लाका अन्य क्षेत्रका असिनापीडित परिवारलाई पनि राहत वितरणका लागि सिफारिस गरेर पठाइएको र बजेट निकासा हुने बित्तिकै वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभएको छ । विशेष गरी तरकारी र मकै बालीमा ७० प्रतिशतभन्दा बढी क्षति पुगेको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy