Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

पाँच पटक सांसद बनेका श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

चितवन । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताएका ८१ वर्षीय भीष्मबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय छन्।

युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा गरिसकेका छन् ।

पछिल्लो समय विसं २०६५ सालयता उहाँको ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्य हुँदै विसं २०६९ मा उहाँकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था दर्ता भयो । त्यही संस्थामार्फत् भ्रष्टाचार निवारणका लागि उनी अनवरत रुपमा लागि परेका छन् ।

हालै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गठन गरेको भ्रष्टाचारविरुद्ध निगरानी नागरिक संस्था (सिटिजन जुरी)को संयोजक पनि उनलाई बनाइएको छ । होचो कद र फुर्तिलो शरीर भएका श्रेष्ठ यिनै दुई संस्थामार्फत् भ्रष्ट्राचार न्यूनीकरण गर्न सक्रिय छन्। विभिन्न कार्यालयमा चिठी बोकेर आफैँ पुग्ने श्रेष्ठको जीवनको एउटै लक्ष्य भ्रष्टाचारमुक्त समाज बनाउनु हो । भ्रष्टाचार रोक्न जनतामा सचेतना आवश्यक पर्ने भन्दै उनले भने, “पहिले राजनीतिक नेतृत्व नै सुधार गर्न जरुरी छ । इमान्दार बन्नुपर्छ ।” जानी नजानी राजनीतिमा लागेको बताउँदै उनले राजनीतिलाई देश बनाउने मूल कुरा हो भन्ने ठानेको बताए ।

राजनीति बिना देश सुध्रदैन भन्ने ठानेर म कम्युनिष्टबाट काङ्ग्रेस पनि भए श्रेष्ठले थपे “काङ्ग्रेसमा लाग्दा पनि मुलुकमा बेथिति देखियो, भ्रष्टाचारका जाला देखियो । तत्कालनै त्यसको अन्त्य नगरिकन काम छैन ।” रातमा सपनामा पनि भ्रष्टाचार रोक्ने अभियानमा आफू लागेको देख्ने गरेको भन्दै उनले जुन देशमा भ्रष्टाचार छैन, त्यो देश बनेका छन् भने ।

सानातिना भ्रष्टाचार कर्मचारीबाट भए पनि नीतिगत भ्रष्टाचार नेताबाट हुने गरेको श्रेष्ठको ठम्याइ छ । आफैँ भ्रष्ट भएपछि उसको नैतिक बलनै नहुने श्रेष्ठको भनाइ छ । विसं १९९५ मा तनहुँको सामु भगवतीमा जन्मनुभएका श्रेष्ठ २१ वर्षको उमेरदेखि चितवनको स्थायी बासिन्दा भए । त्यसअघि नै विसं २००९ मा बाल्यकाल देखिनै उनको सङ्गत कम्युनिष्टसँग भयो । श्रेष्ठले भने, “काठमाडौँमा म पढ्न बसेको घर पुष्पलालको कान्छा बा को रहेछ । त्यहीबाट मैले कम्युनिष्ट सिके ।”

विसं २०१५ को निर्वाचनमा आफूले कम्युनिष्ट पार्टीको उम्मेदवारलाई जिताउन निर्वाचनमा एजेन्ट बसेका श्रेष्ठको बाल्यकाल र युवा अवस्था लुकेरै भए पनि कम्युनिष्ट नेतासँगको सङ्गतमा बित्यो । जुन घरमा उनी डेरामा बस्ने गर्थे त्यही घरमा लुक्न आएका मनमोहन अधिकारी संगको सम्बन्ध निकट बन्यो ।

विसं २०२२ मा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहसँग नजिक हुँदै राजनीतिक यात्रालाई अगाडि बढाएका श्रेष्ठ त्यसपछिको १० वर्षसम्म जिल्ला पञ्चायत चितवनको उपसभापति र सभापति भएर काम गरे । पञ्चायतको सभापति हुँदै गर्दा गोरखपुर पुगेर लुकीछिपी पुष्पलालसहितका नेतालाई भेट्ने गरेको उनले बताए ।

कम्युनिष्ट पार्टीको सचिव हुँदै २०३५ सालदेखि २०४८ सम्ममा चार पटक उनी सांसद बने । विसं २०५२ मा नेपाली काङ्ग्रेस प्रवेश गरेपछि एक पटक राष्ट्रियसभा सदस्य भएका श्रेष्ठले अर्को पटक भने संविधान सभाको निर्वाचनमा पराजय भोग्नु पर्यो । पञ्चायतकालीन समयका एक हस्ती श्रेष्ठ अहिले वृद्ध उमेरमा भने भ्रष्टाचार रोक्न दिल ज्यान दिएर लागि परेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE