Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

सरकारको युद्ध उत्तेजना फैलाउने रणनीति

उत्तेजना र भडकावको रणनीति
अचम्मको कुरा के छ भने वर्तमान केपि ओलीको सरकार भित्र भित्रै आफैं युद्ध उत्तेजनाहरु फैलाउने काम गरेको छ । सरकारका प्रधानमन्त्री, मन्त्री र पार्टीका नेताहरु भित्र भित्रै देशमा युद्ध थोपर्न चाहन्छन् भन्ने देखिएको छ । वर्तमान शासकहरुको चेतनामा के बसेको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई युद्धमा धकेलेर पेरु वा श्रीलंकामा जस्तै सिध्याउन सकिन्छ भन्ने भ्रम छ । पेरुमा गोञ्जालोलाई समातेपछि सबै ध्वस्त भयो । अनि श्रीलंकामा तामिलहरुलाई जस्तै आम नरसंहार गरेर सिध्याउनु पर्छ भन्ने चेतले काम गरेको छ ।

पहिलो चरणमा प्रकाण्डसहितका नेताहरुको गिरफ्तारी त्यस्तै उत्तेजना फैलाउनका लागि गरिएको थियो तर, त्यो पुरै उल्टो र प्रत्युत्पादक भयो । दोस्रो चरणमा अहिले शुदर्शनसहित सयौं नेता तथा कार्यकर्ताको गिरफ्तारी त्यस्तै भड्कावको अर्को पुनरावृत्ति हो ।

प्रतिबन्ध र चैत्र महिनासम्मको समयसिमा
विप्लव नेतृत्वको नेकपाले एनसेल र केही भ्रष्टहरुलाई गरेको कारबाहीलाई आधार बनाउँदै उक्त पार्टीमाथि ओली सरकारले प्रतिबन्ध नै लगाउने निर्णय गर्यो । त्यतिमात्र हैन चैत्र मसान्तसम्मको समयसिमा दिएर हतियारसहित आत्मसमर्पण गर्न वा कारबाहीको सामना गर्न अल्टिमेटम दियो । चैत्र महिनाभित्र विप्लव समुह शान्तिपूर्ण राजनीतिमा आउने वा सिद्धिने घोषणा गरियो ।

यो पार्टीलाई युद्धमा धकेल्न निर्णायक कदम थियो तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारी प्रतिबन्ध, दमन र फासीवादी कदमको द्धढतापूर्वक तर संयमित ढंगले सामना गर्यो । सरकारको घोषणा सरकारकै लागि प्रत्युत्पादक बन्यो । आमजनता नागरीक समाज सबै सरकारी प्रतिबन्धका विरुद्ध लागे ।

दोहोरो भिडन्त वा फायरीङ्गका झुटा समाचारहरु
सरकारले पटक–पटक दोहोरो फायरिङ्ग भएका समाचारहरु संप्रेषण गर्यो तर पनि पुष्टि हुन सकेन । नेता सुदर्शनसहितका नेता, कार्यकर्ता गिरफ्तार गर्नभन्दा अगाडि काभ्रेमा दोहोरो फायरीङ्ग भएको समाचारले सबैलाई तरङ्गीत गर्यो । तर दोहोरो फायरीङ्ग भएको समाचार नियोजित, षडयन्त्रपूर्ण र झुट रहेछ भन्ने पुष्टी भईहाल्यो । त्यस्तै अछाममा पनि प्रहरी र विप्लव समुहबीच दोहोरो भीडन्त भन्ने समाचार आएकै थिए तर त्यो पनि नियोजित र कपोलकल्पीत भन्ने पुष्टि भयो । बझाङमा सांसद अपहरणको हल्ला चलाईयो त्यो पनि गलत भन्ने पुष्टी भयो ।

ईन्काउन्टरका प्रायोजित समाचारहरु
सरकारले इन्काउन्टरको नाममा गोली हानी हत्या गर्ने रणनीतिको पनि अभ्यास गर्दै छ । सुरुमा कपिलवस्तुमा गिरफ्तार गरी बाटोमा लगेर गोली हानी घाइते बनाएर इन्काउन्टर भन्ने प्रचार गरियो । इन्काउन्टको पछिल्लो र पीडादायी घटना भोजपुरमा भयो । जहाँ तिर्थ घिमिरेको गोली हानी हत्या नै गरियो । यी घटना घटाएर सरकारले नेपाल प्रहरीलाई पनि बदनामीत र अविश्वसनीय बनाएको छ ।

सैन्य जवानको अपहरणको समाचार
नेपाली सेनालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विरुद्ध भड्काउनका लागि, उत्तेजीत वा आक्रोशित बनाउने उद्देश्यका साथ एक जना सैन्य जवानको विप्लव समुहद्धारा अपहरण भन्ने झुटो समाचारलाई ब्यानर न्यूज बनाई सम्प्रेषण गरियो । जसको नेपाली सेनाले नै खण्डन गर्यो । त्यति मात्रै हैन वातावरणलाई भड्काउन लागि विभिन्न झुटा समाचारहरु सम्प्रेषण गरियो । जुन समाचारहरुको सम्बन्धित पक्षले खण्डन गर्नुपर्ने परिस्थिति बन्यो ।

चौकी आक्रमणको हल्ला
सरकारी उत्तेजनाले पछिल्लो कदम थियो सोलुखुम्बुमा छेस्काम प्रहरी चौकीमाथि विप्लव समुहको आक्रमणको झुटो र नियोजित समाचार । समाचार विभिन्न सञ्चार माध्यमबाट विशेष प्राथमिकताका साथ प्रकाशन र प्रसारण भए । सो समाचारको पार्टी प्रवक्ता क. प्रकाण्डबाट समेत खण्डन भएको छ ।

स्वंय प्रमुख जिल्ला अधिकारी र सम्बन्धित गाउँपालिका प्रमुखले समेत उक्त समाचारको खण्डन गरेपछि मात्र त्यो समाचारको वास्तवीकता बाहिर आयो । वास्तवमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि दमन गर्ने उद्देश्यले यस्तो हल्ला चलाईएको सर्वत्र स्पष्ट भएको छ ।

(लेखक विष्णु पन्त सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies