Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

कति चुरोट बराबर एक बोतल रक्सी ? थाहा पाउनुहाेस्

एजेन्सी । एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ।

ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो।

विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ।

र, त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो( चुरोटलाई पूर्णरूपमा त्याग्नु।

नियम
सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन। यो भनेको लगभग साढे तीन लिटर बियर वा ६ गिलास जति वाइन बाराबर हो।

उक्त अनुसन्धानमा कसैको स्वास्थ्य खतरमा रहेको छ भने रक्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख छ।

अनुसन्धानले कम रक्सी पिउनेमा पनि क्यान्सरको खतरा रहने देखाएको छ।

बीएमसी पब्लिक हेल्थको एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्( यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ।

क्यान्सरको खतरा
रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ।

उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन्।

त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए।

स्तन क्यान्सरको अनुसन्धान गर्ने डा। मिनौक सोमेकरले भने, अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन।

अन्य कारण
द इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका वैज्ञानिक डा। सोमेकर भन्छन्, क्यान्सरको खतराको तस्बिर धेरै नै जटिल छ। त्यसैले यो बुझ्नु जरूरी छ कि केही मान्यताका आधारमा नयाँ अध्ययनहरू गरिएका छन्।
उदाहरणका रूपमा चुरोट र रक्सी पिउँदा पर्ने प्रभावलाई पूर्ण रूपमा रोक्न गाह्रो छ।

अध्ययनमा क्यान्सरका बारेमा मात्र चर्चा गरिएको छ। तर अन्य खाले रोगबारे चर्चा छैन। चुरोट पिउनेहरूलाई मुटु तथा फोक्सो सम्बन्धी रोगहरू धेरै लाग्ने मानिन्छ।

उक्त अनुसन्धानमा सन् २००४ को तथ्याङ्क प्रयोग गरिएको छ र क्यान्सरका अन्य कारणहरूलाई यसमा समावेश गरिएको छैन।

उमेर, वंशाणु, खानपान र जीवन शैली पनि क्यान्सरको कारण हुनसक्छ।

चुरोट पिउनु बढी खतरनाक
नटिङ्गम विश्वविद्यालयका प्राध्यापक जन ब्रिटन भन्छन्, ूमलाई लाग्छ मान्छेहरू खतराको तुलना गरेर चुरोट वा रक्सीको चयन गर्छन्।

उनी यूके सेन्टर फर टोबाको एन्ड अल्कोहल स्टडिजका निर्देशक हुन्।

उनी भन्छन्, यो अध्ययनका अनुसार चुरोट पिउनु रक्सीका तुलनामा बढी खतरनाक छ। अन्य रोगको कुरा गर्ने हो भने त चुरोट रक्सीभन्दा धेरै नै खतरनाक छ। यदि चुरोट पिउनेहरू आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् भने उनीहरुका लागि सबैभन्दा राम्रो भनेकै चुरोट पिउन छाड्नु हो।

उनी रक्सी पिउनेहरूलाई सरकारी निर्देशिका अनुसारकै मात्रामा रक्सी पिउन सुझाव दिन्छन्।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy