एजेन्सी । विगत केही दिनदेखि काठमाडाैँ उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्।
कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाडाैँमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्।
जल तथा मौसम विभागका विगत केही दिनको विवरणहरू हेर्दा पनि कतिपय तराईका शहरहरू र काठमाडाैँ उपत्यकामा तापक्रम उस्तैउस्तै देखिएको छ।
उपत्यकावासीका भनाइमा काठमाडाैँमा विगत केही वर्षदेखि हरेक वर्ष गर्मी बढेको महसुस हुने गरेको छ।
विभागका अनुसार शनिवार काठमाडाैँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म पुगेको थियो भने आइतवार दिउँसो ३२ डिग्री सेल्सियसकै हाराहारी तापक्रम पुगेको छ।
शनिवार विराटनगरको तापक्रम ३४.५ डिग्री सेल्सियस थियो।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसम विज्ञ अर्चना श्रेष्ठले भनिन् यसपटक गर्मी बढेको अनुभव गर्नुमा जलवायु परिवर्तन र बढ्दो शहरीकरण नै हो।
हामीले काठमाडाैँ उपत्यकामा साच्चै हरेक वर्ष तापक्रम बढ्दै गएको हो वा मानिसहरूलाई त्यस्तो अनुभूति मात्र भएको होरु भनी मौसम विज्ञ श्रेष्ठलाई सोधेका थियौँ।
काठमाडाैँको तापक्रम र मौसमका बारेमा श्रेष्ठको भनाइ उनकै शब्दमा:
सामान्यरूपमा विगत ४० वर्षको विवरण हेर्दा काठमाडाैँमा र पहाडी क्षेत्रमा मनसुनपूर्व र मनसुनका बेलामा अधिकतम तापक्रम बढ्दै गएको देखिन्छ।
सन् १९७१ देखि २०१४ सम्मको तुलना गर्दा यी क्षेत्रमा हरेक वर्ष ०.४५ डिग्री सेल्सियसको दरले तापक्रम बढेको देखिन्छ।
तर गत वर्षकै तुलनामा यसपटक गर्मी बढेको अनुभव गर्नुमा चाहिँ प्राकृतिक रूपमा तापक्रम वृद्धि भएको भन्दा पनि अन्य कारण छन्।
त्यसको एउटा कारण भनेको काठमाडाैँ उपत्यकामा बढ्दो शहरीकरण नै हो।
यस क्षेत्रमा न हरियाली छ, न त भेन्टिलेसन राखेर हावा वारपार हुने गरि घर बनाइन्छ। यसले गर्दा यो क्षेत्रमा आद्रता बढिरहेको छ।
जसका कारण मानिसहरूले एकदमै गर्मी र अफ्ट्यारो अनुभव गर्ने गरेका छन्।
जलवायु परिवर्तनको अनुकूलन सम्बन्धी एउटा अध्ययन गर्दा हामीले काठमाडाैँ मात्र होइन अन्य पहाडी क्षेत्रमा पनि तराईको तुलनामा तापक्रम अझ धेरै बढेको पाएका छौँ।
हरेक वर्ष यस्तो अवस्था देखिनुको कारण भनेको जलवायु परिवर्तन र विश्वभर भएको तापमान वृद्धि नै हो।
पहाडमा नै किन बढी असर देखियो भन्नेमा एउटै कुरालाई मात्र कारणका रूपमा हेरेर हुँदैन।
तर चिसो क्षेत्रमा तापक्रम एकदमै संवेदनशील हुने भएकाले तापक्रम छिटो बढेको हुनसक्छ।
काठमाडाैँमा गएको ४० वर्षमा सबैभन्दा अधितकतम तापक्रम साढे ३६ डिग्री सेल्सियससम्म पुगेको रेकर्ड छ।
सन् १९८९ मे ७ तारिखका दिन काठमाडाैँको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो।
जुन महिनाको हेर्दा चाहिँ सबैभन्दा बढी तापक्रम सन् २०१२ मा ३५.२ डिग्री सेल्सियससम्म पुगेको देखिन्छ।
काठमाडाैँ र अन्य उपत्यका क्षेत्रमा गर्मी बढ्दा पानी पर्ने सम्भावना पनि धेरै हुन्छ।
तर त्यसका लागि वातावरण कस्तो छ भन्ने पनि हेर्नुपर्छ।
पोल्ने खालको घाम लाग्दा पानी पर्दैन तर धेरै पसिना आउने खालको गर्मी बढ्यो भने पानी पर्ने सम्भावना हुन्छ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: