Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भारतमा एक सय बालबालिकाको मृत्यु: के लिची घातक हुन सक्छ ?

एजेन्सी । लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन्।

केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन्।

के हो घटनाको कारण ?
बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा मस्तिष्कज्वरोको साथ एइएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आइतवार उक्त क्षेत्रको अस्पतालको भ्रमण गरेका थिए।

ती घटनाका कारण के हुन् भन्ने बारे विशेषज्ञहरूका माझ एक मत छैन।

कतिपय विशेषज्ञ भन्छन् कि खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुन जान्छ जसले गर्दा बालबालिका यो रोगको चपेटामा पर्न सक्छन्।
सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो।

भारत तथा अमेरिकाका वैज्ञानिकहरूले मिलेर यी मृत्युका कारण पत्ता लगाउने कोसिस गरेका थिए।

उनीहरूको संयुक्त शोधमा खाली पेट धेरै लिची खाँदा यो बिमारी भएको भन्ने उल्लेख छ।

वैज्ञानिकहरूका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ।

अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा तिनमा ती तत्व पाइएको थियो।

अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइएको थियो। त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ।

पहिलेदेखि नै कुपोषणले ग्रस्त वा बिरामी बालबालिकामा लिची खाँदा यो रोग लाग्ने धेरै खतरा हुन्छ।

चिकित्सकहरूले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन्।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending