Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

योगेश भट्टराईको आरोप : कांग्रेसले संसदीय व्यवस्थाको धज्जी उडायो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएर प्रतिपक्षी कांग्रेसले संसदीय व्यवस्थाको धज्जी उडाएको आरोप लगाएका छन् । भट्टराईले सामान्य संसदीय नियमलाई पनि कांग्रेसले स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् ।

संसद वैठक अवरुद्धपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराई भने, ‘आफुँलाई संसदीय व्यवस्थाको पर्यायाबाची ठान्ने नेपाली कांग्रेसले संसदीय व्यवस्थाको धज्जी उडायो । संसदीय व्यवस्थाको सामान्य नियम पनि के हो भने कुनैपनि मन्त्रीले समय मागेर जुनसुकै बेला बोल्न सक्छन् । प्रधानमन्त्रीले त झन् बोल्न नपाउने भन्ने कुरै छैन् ।’

उनले विवादमा आएका तथा प्रतिपक्षीले उठाएका प्रश्नको उत्तर पनि प्रधानमन्त्रीले दिन नपाएको भन्दै प्रधानमन्त्रीले भन्दा पहिला बोल्न पाउनुपर्छ भनेर कांग्रेसले अनैतिक काम गरेको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीले भन्दा पहिला आफैंले बोल्न पाउनेपर्छ भन्ने असाध्यै अनैतिक कुरा हो । सभामुखले पटक–पटक प्रधानमन्त्रीले बोलेपछि समय दिन्छु भन्नुभएको छ । त्यो कुरालाई पुरै वेवास्ता गर्दै प्रधानमन्त्रीलाई बोल्न नदिनु र संसद चल्न नदिनु संसदीय व्यवस्था माथिको धावा हो ।’

उनले संसदीय इतिहासमै कांग्रेसले अनैतिक काम गरेको टिप्पणी गर्दै कांग्रेसको रवैयाप्रति निन्दा र भत्सना गर्नुपर्ने बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy