Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

गर्मी बढेसँगै अस्पतालमा गतको अभाव

चितवन । जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिए । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो ।

यो समयमा क्याम्पसहरुमा परीक्षा हुनु, गर्मी बिदा हुनु, रक्तदातामा उत्साह नहुनु, गर्मीका कारण शरीर शिथिल हुनु, राजनैतिक दलको क्रियाशीलता कम हुनुलगायतका कारण रगतको समस्या देखिएको हो । अस्पतालमा आएका बिरामीका आफन्त र स्वयम्सेवी रक्तदाताको भरमा केन्द्र सञ्चालन गर्नु परेको उनले बताए ।

जिल्लामा दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर अस्पताल र २० भन्दा बढी निजी अस्पतालहरु छन् । ती अस्पतालबाट दैनिक शल्यक्रियाका लागि रगतको माग हुँदै आएको पौडेलले जनाकारी दिए । सङ्कलन गरेर राखिएकोभन्दा ताजाको माग भएपछि केन्द्रलाई रगत दिन समस्या परेको हो । पौडेलका अनुसार ताजा सेतो रगतको अभाव भएको छ । रगत नपाएर बिरामी मर्ने अवस्था नभए पनि जुनसुकै समयमा समस्या आउन सक्ने पौडेलको भनाइ छ । बिरामीलाई रगत आवश्यक परेर लिन जाँदा रगत दिने व्यक्तिसँगै लैजानुपर्ने बाध्यता छ ।

चितवनमा मात्रै नभएर अहिले देशभर नै रगतको अभाव देखिएको उनले जानकारी दिए । केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लम्जुङ्, गोर्खालगायतका १२ वटा जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ । तर यी सबै जिल्लामा गर्मीका कारण रक्तदाताकोे अभाव भएपछि रगतको समस्या देखिएको हो । जिल्लाका अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढिरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy